काठमाडौं-आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ ।
शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो ।
सन् २००१ मा युनेस्कोले आह्वान गरेको यस दिवस पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो । त्यसयता निरन्तर रूपमा मनाइँदै आइएको यो दिवस विश्वव्यापी रुपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ ।
मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा हाम्रै अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ ।
पृथ्वीमा रहेका हरेक प्राणीको लागि जलवायुमा भइरहेको परिवर्तन गम्भीर खतराको रूपमा देखापरेको छ । हामीले सामना गरिरहेको केही विश्वव्यापी चुनौतीलाई विज्ञान, प्रविधिद्वारा सम्भव हुनसक्ने सम्भावित समाधानहरूलाई हामीसामु ल्याउने प्रयत्न यस दिवसले गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस