न्युयोर्क-करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् ।
अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् । आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् ।
नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन ।
यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् । केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ । सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए ।
नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्काउन आफ्ना प्राविधिज्ञले सक्दो छिटो काम गरेको फेसबुकले जनाएको छ ।
नेटवर्कमा कसरी समस्या आयो भन्ने वारेमा फेसबुकले अनुसन्धान गरिरहेको छ । यसअघि सन् २०१९ मा पनि फेसबुकमा अवरोध भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस