सोल – दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सुरक्षा फौजले हाल उत्तर कोरियाको योङ्ब्योन क्षेत्रमा रहेको एक आणविक कारखाना वरपर भइरहेका गतिविधिहरुको शुक्ष्म अध्ययन गरिरहेको समाचारमा बताइएको छ । उक्त क्षेत्रमा शंकास्पद गतिविधि पाइए पश्चात निगारानी बढाइएको सैन्य श्रोतले बताएको छ ।
गत हप्ता उक्त क्षेत्रमा रहेको एक ठूलो भवनबाट ठूलो धुँवाको मुस्लो देखिएको तस्विर एक अमेरिकी वेवसाइट मार्फत सार्वजनिक गरिएको थियो । उक्त घटना पश्चात अमेरिकी तथा दक्षिण कोरियाली सैन्य अधिकारीहरु अनुसन्धानमा जुटेको कोरियाली समाचारसंस्थाहरुमा समाचार छापिएको छ ।
उक्त भवन पहिला युरेनियम प्रशोधन गर्न प्रयोग गरिने गरिएका कारण दक्षिण कोरियाली तथा अकेरिकी सेनाले उक्त घटनालाई चासोका साथ लिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । उक्त भवनमा पहिले ५ मेगावाटको युरेनियम इन्धन उत्पादन कारखाना राखिएको थियो ।
सुरक्षा अधिकारीले हाल उक्त क्षेत्रको बारेमा यसै भन्न नसकिने र ब्यापक अध्ययन पश्चात मात्र वास्तविकता थाहा हुने जानकारी दिएका छन् । सन् २०१८ मा उक्त भवन भत्काउने सहमति भएता पनि अमेरिकासँगको खटपटका कारण उक्त भवन उत्तर कोरियाले हालसम्म भत्काएो छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस