सोल – दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङले सन् २०२१ को सुरुआतमा नै आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ ।
जनवरी महिनामा सार्वजनिक हुने एस २१ सिरिजमध्ये ग्यालेक्सी एस २१ अल्ट्रा स्मार्टफोन कस्तो हुनेछ भन्ने बारेमा केही तथ्यहरु लिक भैसकेका छन् ।
सार्वजनिक भएका समाचारहरु अनुसार ग्यालेक्सी एस २१ अल्ट्रामा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ भने सेल्फी क्यामरा ४० मेगापिक्सेलको हुनेछ । एन्ड्रोइड ११ बाट चल्ने एस २१ अल्ट्रामा ६.८ इन्चको डाइनामिक एमोलेड डिस्प्ले रहनेछ ।
त्यस्तै गरि सामसुङले आफ्नो आगामी फ्लागसिप स्मार्टफोनसँग चार्जर तथा इयरफोन नदिने योजना बनाएको छ ।
समाचार अनुसार सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सँग चार्जर तथा इयरफोन हुनेछैन । सामसुङको यो निर्णयले वातावरण प्रदूषण कम गर्न सहयोग मात्र गर्ने छैन स्मार्टफोनबाट हुने कम्पनीको मुनाफामा पनि वृद्धि गर्नेछ ।
दक्षिण कोरियाली मिडियाहरुका अनुसार सामसुङले केवल एस २१ सिरिजका ग्यालेक्स एस २१ प्लस तथा ग्यालेक्सी एस २१ अल्ट्रामा पनि चार्जर र इयरफोन दिनेछैन ।
यद्यपि सामसुङले खर्च कटौती तथा आम्दानी वृद्धिका लागि विभिन्न खाले उपायहरुको अबलम्बन गर्दै आएको छ । सामसुङका कतिपय स्मार्टफोनले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछन् । तर यस्ता स्मार्टफोनसँग पनि कम्पनीले २५ वाटकै चार्जर दिने गर्दछ । यस्तोमा प्रयोगकर्ताले फास्ट चार्जिङका लागि सामसुङको अर्को छुट्टै चार्जर खरिद गर्नुपर्ने हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस