सोल – सामसुङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा आफ्नो नयाँ बहुआयामिक स्मार्ट फोन “ग्यालेक्सी जेड फोल्ड -२” सार्वजनिक गरेको छ ।
यो फोन सार्वजनिक भएसँगै सामसुङले फोल्डिङ फोन बजारमा आफ्नो बर्चस्व कायमै राख्ने कम्पनिले बताएको छ । कम्पनिले उक्त फोन सार्वजनिक गर्ने क्रममा यस फोनमा थपिएका नयाँ विशेषताहरु समेत सार्वजनिक गरेको छ ।
सामसुङ मोवाइलका सञ्चार विभाग प्रमुख रो ताई मुनले आफ्ना ग्राहकहरुका गुनासा तथा अपेक्षालाई सम्बोधन गरेर यो फोन सार्वजनिक गरिएको बताएका छन् । गत अगष्ट ५ मै सार्वजनिक गरिएको उक्त स्मार्टफोनका विशेषताहरु भने सार्वजनिक गरिएका थिएनन् ।
अमेरिका, दक्षिण कोरिया लगायतका ४० देशहरुबाट माग भइरहेको उक्त स्मार्टफोनको बजार मुल्य २०२४ अमेरिकी डलर तोकिएको छ । सेप्टेम्बर ११ बाट १५ सम्म प्रि बुकिङ गरिने कम्पनिले जनाएको छ ।
५-जी नेटवर्क भएको यो स्मार्टफोन ७.६ इञ्च मुख्य डिस्प्ले, तथा ६.२ इञ्च कभर डिस्प्ले सहित उपलव्ध हुने छ । मुख्य डिस्प्लेमा रहेको १२० हर्ज पावरले फोनलाई सहज तरिकाले चलाउन सहयोग गर्ने छ ।
‘अल्ट्रा थिन ग्लास’ को प्रयोग गरिएको यो स्मार्ट फोनमा १२ /१२ मेगापिक्सेलका सुटर, अल्ट्रा वाइड तथा टेलिफोटो क्यामरा जडित छन् । मुख्य तथा कभर डिस्प्लेमा १० मेगापिक्सेल क्यामरा जडान गरिएका छन् ।
१२ जिबि र्याम तथा २५६ जिवि मेमरि भएको यो फोनले मेमरि कार्ड भने सपोर्ट गर्ने छैन । यस फोनमा ४५०० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।
यस फोनमा प्रयोगकर्ताले भ्यु फाइन्डरको साहायतामा उच्च गुणस्तरको सेल्फि लिन सक्नेछन् । त्यस्तै प्रयोगकर्ताले एकै पटकमा ३ वटा एप्स प्रयोग गर्न सक्ने छन् । एउटै एपमा धेरै फाइल खोली प्रयोग गर्न सकिने यसकाे नयाँ विशेषता हो ।
प्रयोगकर्ताहरुको सुझावलाई उच्च मुल्याङ्कन गर्दै सोही अनुरुपका विशेषता फोनमा हालेको बताउदै कम्पनिले यो फोनको बजार राम्रो हुने बताएको छ । कम्पनिले यस बर्ष न्युनतम ५ लाख प्रति फोन विक्री हुने लक्ष राखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस