टोकियो- जापानका कैयौँ फेस मास्क निर्माता यति बेला गर्मि मौसममा प्रभावकारी हुने फेस मास्कको निर्माणमा जुटेका छन् ।
गर्मी मौसममा मानिसहरुमा पसिना धेरै आउने तथा तातो हुने भएका कारण कम्पनिहरु उक्त समस्याको समाधान गर्दै सुख्खा तथा चिसो बनाउने फेस मास्कको निर्माणमा जुटेका छन् ।
गर्मी मौसम सुरु भए सँगै जापान तथा विश्वका धेरै मुलुकहरुले मौसम सुहाउदो मास्कको मनस्कको खोजि गरिरहेका छन् । गर्मी बढे सँगै मानिसहरुमा स्वासप्रश्वास समस्या बढेको तथा जल वियोजनको समस्या समेत बढेका कारण मानिसहरुले त्यस्ता मास्कहरुको खोजि गरेको फेस मास्क निर्माता कम्पनिहरुले बताएका छन् ।
जापानको मिजुनो कम्पनिले ट्राईकोटको प्रयोग गरि सीतल प्रदान गर्ने मास्क निर्माण गर्न थालिएको बताएको छ । स्विमसुट तथा गर्मी मौसममा खेलिने एथलेटिक्समा पनि सोही कपडाको प्रयोग गरिन्छ । उक्त मास्कको बजार मुल्य ८.५ अमेरिकी डलर पर्ने पनि कम्पनिले जनाएको छ । ट्याक्स सोही मुल्यमा समावेश गरिएको कम्पनिले बताएको छ ।
यता ब्याडमिन्टनका सामग्रीहरु निर्माण गर्ने योनेक्स कम्पनिले तातो सोस्न सक्ने क्षमता भएको जिलिटल कपडाको प्रयोग गरि मास्क उत्पादन गर्ने बताएको छ ।
जुलाई सुरुबाट नै बजारमा ल्याईने उक्त मास्क शितल हुने कम्पनिको विश्वास छ ।
यि बाहेक अन्य कम्पनिहरु समेत गर्मी महिनामा प्रयोग गर्न मिल्ने मास्कको निर्माणमा जुटेको कम्पनिहरुले बताएका छन् । प्रारम्भिक चरणमा ति सबै कम्पनिका मास्कहरुको मुल्य ८ अमेरिकी डलरकै आसपास हुने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस