टोकियो- आगामी मार्च २७ मा फाइभ जी सेवा विस्तार गर्दै जापानी वायरलेस दुरसञ्चार कम्पनि सफ्टबक्स जापानकै पहिलो फाइभ जी विस्तार गर्ने कम्पनि बन्ने छ ।
कम्पनिका अनुसार हाल उ आफ्नो सुपर फास्ट इन्टरनेटका लागि कसरत गरिरहेको र फाइभ जी ले सो उद्देश्य पुरा गर्न सघाउने समेत बताएको छ ।
कम्पनिका अनुसार पहिलेको भन्दा मासिक करिव ९ अमेरिकि डलरमा फाइभ जी सेवा विस्तार गरिने भएता पनि पहिलेबाट नै सेवा लिइरहेकाहरुमा भने केहि नयाँ प्रावधान ल्याइने कम्पनिले जनाएको छ । आगामी अगष्टबाट कम्पनिले सो विषयमा नयाँ अफर निकाल्ने विश्वास गरिएको छ ।
सफ्टबक्स जापानको तेश्रो ठूलो जापानी दुरसञ्चार सेवा प्रदायक कम्पनि हो । यसले मार्च २७ पछि जापमनका ठूला र मुख्य शहरहरु टोकियो, ओशाका, चिवा, आइची, ईसिकावा र फुकोआकामा आफ्नो सेवा सुरु गर्ने बताएको छ ।
कम्पनिका अनुसार उसले सन् २०२३ सम्ममा करिव १०,००० वटा सव स्टेशनहरु राख्ने समेत जनाएको छ ।
फाइभ जी प्रविधिको सुरुवात पश्चात जापानमा हाल सञ्चालित इन्टरनेट भन्दा करिव १०० गुणा तीब्र गतिको ईन्टरनेट जनताले उपभोग गर्न पाउने छन् । यता सोनी तथा सार्प कम्पनिले हालै फाइभ जी फोनका मोडलहरु सार्वजनिक गरिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस