काठमाण्डौ-कम्पनीले आगामी वैशाख १ गतेदेखि आफ्ना ग्राहकलाई इन्टरनेटमा आधारित टेलिभिजन सेवा उपलब्ध गराउन लागेको हो। इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले केही दिन अगाडी परीक्षण प्रशारण सम्पन्न गरेको हो।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा उपलब्ध गराउने भएको छ। अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा यो सेवा उपलब्ध गराउन लागेको नेपाल टेलिकममा प्रवन्ध निर्देशक दिल्लीराम अधिकारीले बताए। टेलिकमका अनुसार सोमबार पहिलो चरणको परीक्षण प्रसारण गरिएको छ। उक्त परीक्षण सकारात्मक भएको टेलिकमले जनाएको छ।
पहिलो चरणमा अप्टिकल फाइबर भएका मुख्य चार शहरहरूमा उक्त सेवा विस्तार गर्ने उनले बताए। ‘त्यसपछि देशव्यापी रुपमा यस्तो सेवा उपलब्ध हुनेछ।‘अहिले उक्त सेवा परीक्षणको काम भइरहेको छ।’ अधिकारीले बताए।
यो सेवा आउँदो वैशाख १ देखि ग्राहकलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको छ। परिक्षण सफल भइरहेको छ । एक डेढ महिनापछि सो सेवा उपलब्ध गराउने तयारी भइरहेको छ । अप्टिकल फाइबर भएको मुख्य चार वटा शहरमा यो सेवा प्रदान गर्न लागेको हो। हाल यो सेवा वल्र्डलिंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएका छन्। ती कम्पनीहरूले जस्तै टेलिकमले पनि अब ग्राहकलाई इन्टरेनटसँगै टेलिभिजन सेवा उपलब्ध गराउन लागेको अधिकारीले बताए।
हाल नेपालमा नेपाल दूर सञ्चार कम्पनी (नेपाल टेलिकम),युनाइटेड टेलिकम, एनसेल, नेपाल स्याटलाइट टेलिकम र स्मार्टदेलिकम गरी ५ वटा कम्पनीले इन्टरनेटसेवा उपलब्ध गराइराखेका छन्। ब्रोडब्याण्ड सेवा लिनेमध्ये ७८ प्रतिशत मोबाइलकर्ता छन् भने २१ प्रतिशत पिक्स वायर र वाँकी १ प्रतिशतमात्र वायरलेशबाट इन्टरनेट सेवा लिइरहेका छन्।
हाल नेपाल टेलिकमबाट १ करोड ३ लाख २२ हवार इन्टरनेट सेवा लिने ९ सय ४२ जनाले इन्टरनेट सेवा लिइरहेका छन्। यो कुल इन्टरनेटकर्ताको करिब ४९ प्रतिशत हो। गत कार्तिक मसान्तसम्म नेपालमा विभिन्न टेलिकम सेवा प्रदायकबाट २ करोड ११ लाख ७ हजार ५ सय ९० जनाले यस्तो सेवा लिइरहेको दूर सञ्चार प्राधिकरणले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस