सोल-कोरियाली गाडी निर्माता कम्पनि ह्युण्डाईले सन् २०२३ सम्ममा हाईड्रोजन ट्रक सञ्चालनमा ल्याउने भएको छ ।
अत्याधिक क्षमता भएको हाइड्रोजन ग्यासको प्रयोग गरेर उसले हाल विश्वव्यापी रुपमा कब्जा जमाईरहेको विद्युतिय सवारिसाधनसँग प्रतिस्पर्धा गर्न सो ट्रक सञ्चालनका लागि गृहकार्य भइरहेको कम्पनिले जनाएको छ ।
यशु ग्याङवाङ पोर्ट अथोरिटीसँग आईतवार भएको सम्झौतामा कम्पनिले हाइड्रोजन पावर्ड ईञ्जिनको विकास र विस्तार गरि सोही अनुरुपका सवारी साधन समेत निर्माण गर्ने जनाएको छ ।
सम्झौता अनुसार ह्युण्डाई कम्पनिले डवल पावर युक्त हाइड्रोजन फ्युल इञ्जिन भएका ट्रकहरु लजिस्टिक उद्येश्यका निम्ति बनाउने छ । सम्झौता अनुसार सन् २०२३ सम्ममा त्यस्ता १० वटा गाडी बनाइसक्ने छ ।
सो प्रयोजनका लागि यशु ग्याङवाङ पोर्ट अथोरिटी ले सहयोग गर्ने छ र उक्त गाडिका लागि रिचार्ज स्टेशन समेत निर्माण गर्ने छ । सम्झौता अनुसार सन् २०२२ सम्ममा यशु ग्याङवाङ पोर्ट अथोरिटीले २००० बर्गमिटर क्षेत्रफलमा चार्जिङ स्टेशन निर्माण गरिसक्ने छ ।
ह्युण्डाई कम्पनिका अनुसार उक्त ट्रकले एक पटकको रिफ्युलिङमा २३० किमि यात्रा तय गर्न सक्ने छ । जो ग्याङवाङबाट बुसन समुद्री किनारासम्म हो ।
हाइड्रोजन इन्धन उपलब्ध गराउन ह्युण्डाई कम्पनिले सन् २०१८ मा स्वीस हाइड्रोजन ग्यास उत्पादक कम्पनि एचटु इनर्जीसँग सम्झौता गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस