काठमाडौँ-सामसुङले हालै सार्वजनिक गरेको बहुप्रतिक्षित स्मार्ट फोन ग्यालेक्सि जेडको दिगोपनालाई लिएर प्रश्न चिन्ह उत्पन्न हुन थालेका छन् ।
क्यालिफोर्नियाबाट सार्वजनिक भएको उक्त मोडलको फोन अमेरिका, सिङ्गापुर तथा दुबई बाट बिक्रि हुन थाले सँगै सो फोनको दिगोपनालाई लिएर प्रश्न चिन्ह खडा हुन थालेका हो ।
एक प्रख्यात युट्युवर जेरि रिग एभ्रिथिङ ले हालै उक्त फोनको बिषयमा एक रिभ्यु भिडियो युट्युवमा अपलोड गरे सँगै फोनको भविष्य माथि प्रश्न चिन्ह खडा भएको हो ।
उनका अनुसार सो फोनको अन्य पक्ष सवल रहेता पनि डिस्प्लेमा पूर्ण विश्वास गर्न सकिदैन । सामसुङले अल्ट्रा थिन ग्लासको प्रयोग गरेर सो फोन निर्माण गरेको छ । तर उनका अनुसार उक्त स्क्रिनमा प्रयोग गरिएको ग्लास नक्कलि छ, जुन छोटो समयमा नै समस्याको शिकार बन्ने छ ।
उनका अनुसार कम्पनिले हाइब्रिड प्लास्टिक पोलिमर ग्लासको प्रयोग गरेको छ । उनि अगाडी भन्छन्, यदि यो फोनमा असली ग्लासको प्रयोग गरिएको भए त्यसमा स्क्र्याच लाग्थ्यो ।
तर कम्पनिले उनको सो रिभ्युमा सत्यता नभएको जनाको छ । कम्पनिका अनुसार उक्त स्क्रिनको सुरक्षाका लागि पातलो टेम्पर लगाएको छ जसले सक्र्याच हुन दिदैन ।
कम्पनिले अगाडी भनेको छ, आफ्ना सो फोनका ग्राहकहरुको फोनमा स्क्रिनको समस्या आएमा एक पटक १ स १९ अमेरिकी डलरमा स्क्रिन रिप्लेसमेन्ट गरिदिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस