काठमाडौँ — कान्तिपुर दैनिकले लेखेको खबरअनुसार, सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ ।राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेको कारबाही गर्ने जनाएको हो ।
सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तानी गरे विदेशी मुद्रा अपचलन अन्तर्गत रहेर कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्ता भुक्तानी रोक्न सार्वजनिक सूचना जारी गरेर कारबाही गर्ने जनाएको हो।
‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।
‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइए विदेशी विनिमय ऐन र प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा जानकारीका लागि,’ सूचनामा उल्लेख छ। विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विदेशी विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ। यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी २ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ।
सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित पेमेन्ट गेटवे नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन्। उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट सामाजिक सञ्जालमा हुने विज्ञापनको रकम भुक्तानी गर्न लगाई त्यस्ता व्यक्तिलाई नेपालबाट अनौपचारिक माध्यमबाट पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ। राष्ट्र बैंकको सूचनासँगै युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो निर्माण गरी आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ।
युट्युबका लागि भिडियो उत्पादन गरी उक्त भिडियोमा युट्युबले विज्ञापन राखे त्यसबापत निश्चित प्रतिशत युट्युबले भिडियो निर्मातालाई उपलब्ध गराउँदै आएको छ। उक्त रकम प्रायःले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासोपछि राष्ट्र बैंकले औपचारिक माध्यमबाट भित्र्याउन सूचना जारी गरेको हो।
अनौपचारिक माध्यमबाट सामाजिक सञ्जालमा हुने भुक्तानीबाट ठूलो रकम बाहिरिने गरेको गुनासोपछि राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। ‘कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्यांक नभए पनि ठूलो रकम बाहिरिएको गुनासो छ,’ उनले भने, ‘सामाजिक सञ्जालको विज्ञापनका लागि हुने अनौपचारिक भुक्तानी डिजिटल हुन्डी जस्तो भएको रहेछ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस