ललितपुर-दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब छ हजार घरलाई उपलब्ध गराइरहेको छ। बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ। संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज सिलवालले उद्घाटन गर्दै ललितपुरको दक्षिणी भेग बत्तीमुनिको अध्यारोको रुपमा रहेको हुँदा विकासमा फड्को मार्न आफूले ध्यान दिएको जानकारी दिए।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घमार्फत मुलुकको ५३ जिल्लाका ३०० सहकारी संस्था मार्फत साँढे पाँच लाख घरधुरीमा विद्युत् सेवा पुर्याएको बताए। उनले भने, “सरकारले मुलुकको ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गर्न लागेको छ।”नेकपाका ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल, पूर्वसांसद सुशीला नेपालले ललितपुरको दक्षिणी भेगमा विद्युत सेवा नपुगेका स्थानमा विद्युत पुर्याउन सबैको ध्यान जानुपर्ने बताए।संस्थाका संस्थापक अध्यक्ष डिल्लीप्रसाद घिमिरेले १८ वर्षअघि सञ्चालन गरिएको सो संस्थाका कारण आज ललितपुरको दक्षिणी क्षेत्रमा झिलीमिली बत्ती बल्न सफल भएको हो भने। महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले संस्थाले देशका सहकारीलाई पाठ सिकाएर अघि बढिरहेको बताए।
नेपाली काँग्रेस ललितपुरका सचिव रविन्स शर्माले सबै दल मिलेर राजनीतिक प्रभाव नपर्ने गरी सहकारी संस्थामा नयाँ सदस्य चयन गर्न अनुरोध गरे। संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईँले ललितपुरको १९ वडामा आफूहरुले सहकारी संस्थामार्फत विद्युतीय सेवा दिएको बताए। उनले भने, “हामीले १८ वर्षअघि रु ८० लाख २६ हजार ऋण लिएर विद्युत् सेवा पुर्याउने काम गरेका थियौँ, त्यसमा हाल रु २६ हजार मात्र ऋण तिर्न बाँकी रहेको छ।”
अनलाइनबाट विद्युतीय महसुल तिर्ने व्यवस्थाको शुरुआत गरिएको, २७ विद्यालयमा नवीकरणीय ऊर्जासम्बन्धी पाठ्यक्रम लागू गरिएको, उद्यमी महिलाका लागि संस्थाले कर्जा प्रदान गरिएको, महिलाई आत्मनिभर बनाउन संस्थाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको, महाँकाल गाउँपालिकाको उन्यूचौरमा विद्युत् प्रवाहका लागि सस्टेशन निर्माण गर्ने योजना अघि बढाइएको कार्यक्रममा जानकारी दिइएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस