सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँका स्थानीयवासीले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । वडा नं –१ हेक्पा गाउँमा निर्माणाधीन धुनीतुङ्चा लघु जलविद्युत् सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।
निर्माण भएको पाँच वर्षपछि बुधबार काम सम्पन्न भई बत्ती बल्न शुरु भएको वडा नं –१ हेक्पाका अध्यक्ष पेमा लामाले जानकारी दिइन । बीस किलोवाट क्षमता भएको धुनी लघुजलविद्युत् परियोजनाको सबै काम सम्पन्न भएर गाउँलाई अन्धकारमुक्त गरिएको उनले जानकारी दिइन । यहाँका स्थानीयवासीले बत्ती नहुँदा अँध्यारोमा सल्लाको दियालो बाल्दै आएका हेक्पावासीले पहिलो पटक बत्ती बल्दा खुशियाली मनाएको स्थानीयवासी अटोक लामाले बताइन ।
पावर हाउसमा केही दिन अगाडि उत्पादित विद्युत्को परीक्षणकार्य सफल भएपछि गाउँमा बुधबारदेखि बत्तीबाल्न शुरु गरेको लामाले जानकारी दिइन । धुनी लघुजलविद्युत् परियोजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको उनले जानकारी दिइन ।
निर्धारित समयको डेढवर्षपछि विद्युत् परियोजनाको निर्माणकार्य सम्पन्न भएको हो । हेक्पा र ताङ्नि गाउँका १४५ घरधुरीका बासिन्दा यसबाट लाभाविन्त भएका छन् । बत्ती आएपछि हेक्पा, ताङ्नि गाउँमा २४ घण्टासम्म गाउँनै झिलिमिली गरिएको वडाध्यक्ष लामाले जानकारी दिइन । यातायातको असुविधाले मेसिन तथा अन्य उपकरण पावरहाउससम्म पुर्याउन समस्या भएपछि परियोजनाको निर्माणकार्य ढिलो भएको अध्यक्ष लामाले बताइन ।
वैकल्पिक ऊर्जा र नाम्खा गाउँपालिकाको विद्युत् परियोजनाका लागि रु एक करोड २० लाखकोलागत लागेको उनले जानकारी दिइन । बत्ती सञ्चालन भएपछि दुई गाउँमा काठ तथा अन्य उद्योग प्रयोगमा ल्याउन सकिने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस