काठमाडौँ – कलङ्की मालपोत देशको पहिलो डिजिटल मालपोत कार्यालय हो । गएको असारमा प्रधानमन्त्रीले नमुना मालपोत कार्यालयका रूपमा यसको उद्घाटन गरेका थिए ।
कागजको न्यूनतम प्रयोग गरी सेवा दिनु नमुना मालपोतको अवधारणा हो । यस अवधारणाबाट कार्यालयको सेवामा केही सकारात्मक परिवर्तन देखिएका छन् भने अझै धेरै कमजोरी बाँकी छन् ।
डिजिटलाइज्ड मालपोतको अवधारणा आएसँगै सेवाग्राहीले एउटै ठाउँबाट सम्पूर्ण सेवा लिन सक्ने भएका छन् । कलङ्की मालपोत कार्यालयको भौतिक संरचनाको डिजाइन पृथक् देख्न सकिन्छ । भौगोलिक क्षेत्रअनुसार फाँटहरूको व्यवस्था गरिएको छ ।
“त्यसैभित्र सम्पूर्ण प्रणाली व्यवस्थित गरिएको छ । एक ठाउँबाट प्रवेश भएको फाइलको सम्पूर्ण काम त्यही ठाउँमा पूरा हुन्छ,” अधिकृत कमल कार्कीले भने ।
नमुना मालपोतको अवधारणा आएपछि ल्याइएको एकद्वार सेवालाई सेवाग्राहीले पनि मन पराएका छन् ।
“पहिलेजस्तो सानो रुजुका लागि अर्कोअर्को कोठा र कर्मचारी खोज्दै हिँड्नुपर्दैन,” एक आफन्तको जग्गाको काम लिएर मालपोत कार्यालय आउनुभएका कमल सुवेदीले भने ।
एउटै फाँटबाट सम्पूर्ण सेवा पाउने भएपछि तुलनात्मक रूपमा कम समयमा काम हुने गरेको सेवाग्राहीको प्रतिक्रिया थियो ।
सचेत सेवाग्राहीले भने एक्लै आएर सेवा लिन पनि कुनै समस्या नहुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका कर्मचारी टोलप्रसाद लामिछानेको अनुभव छ ।
सेवाग्राही आफैँ सचेत हुनुपर्ने बताउँदै उनले भने, “हामी नागरिक बडापत्र पढेर सेवाबारे जानकारी लिएर आउँछौँ । त्योअनुसार नभए सम्बन्धित निकायमा गुनासो गरिहाल्छौँ । त्यसो भएमा बिचौलियाबाट काम लिनुपर्ने वा ढिलासुस्ती हुने सम्भावना कम हुन्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस