काठमाडाैं -प्रभु बैङ्क लिमिटेडले ग्राहकको सुविधाका लागि अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैङ्किङ सेवा उपलब्ध गराउने क्रममा वैदेशिक मुद्रा सटही सुविधा मोबाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लिकेसन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि विदेश भ्रमण गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र व्यस्त दैनिकीका बावजुद बैङ्कसम्मै पुगेर वैदेशिक मुद्रा लिनुपर्ने बाध्यतालाई प्रविधिमैत्री तथा सरलीकृत गर्नका लागि प्रभु इजी फोरेक्स एप्लिकेसन अति नै उपयोगी हुने विश्वास बैङ्ककाे छ ।
प्रभु इजी फोरेक्स मोबाइल एप हाल गुगल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ भने एपलको एपस्टोरमा समेत चाँडै उपलब्ध हुनेछ । मोबाइल एपबाट आवेदन दिने ग्राहकलाई बैङ्कबाट केही समयभित्रै एसएमएसमार्फत सटहीको कन्फर्मेसन प्रदान गरिने छ । त्यसपछि आवेदकले आफ्नो अनुकूल समयमा तोकिएको शाखा तथा काउन्टरबाट वैदेशिक मुद्रा सङ्कलन गर्न सक्नेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैङ्कको काउन्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था बैङ्कले गरेको छ ।
प्रभु बैङ्कले सञ्चालनमा ल्याएको यो मोबाइल एपबाट समयको बचत तथा बिना झन्झट अनलाइन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकाले ग्राहकले यसबाट अधिकतम लाभ लिनेछन् भन्ने बैङ्कले विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस