काठमाडौँ-सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरूलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । २०५३ सालमा बनेको दूरसञ्चार ऐनलाई विस्थापित गर्ने गरी यो मस्यौदा बनाइएको हो ।
अहिले कार्यान्वयनमा रहेको दूरसञ्चार ऐनमा कुनै व्यक्तिले दूरसञ्चार सेवाको माध्यमबाट गालीगलौज गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिएमा २५ हजार रुपैयाँसम्म जरिवाना गरी सेवा बन्दसमेत गराउन सक्ने प्रावधान छ । ‘तर दूरसञ्चार सेवा बन्द गर्नुभन्दाअघि प्राधिकरणले सम्बन्धित व्यक्तिलाई सफाइको उचित मौका दिनुपर्नेछ,’ दूरसञ्चार ऐन २०५३ मा भनिएको छ । नयाँ ऐनको मस्यौदामा प्रस्ताव गरिएको जरिवाना रकम ६० गुणाले बढी हो ।
प्रयोगकर्ता मात्रै नभई नयाँ दूरसञ्चार सेवा प्रदायकका लागि पनि कडा जरिवाना छ । मस्यौदामा अनुमति नलिई दूरसञ्चार सेवा प्रयोग गरेमा ३० देखि ५० लाखसम्म जरिवाना गरी सेवा बन्द गर्न सकिने प्रस्ताव छ । अहिले कार्यान्वयनमा रहेको दूरसञ्चार ऐन, २०५३ ले सेवा प्रदायकलाई बढीमा ५ लाख रुपैयाँसम्म मात्र जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।
सेवा प्रदायकले अनुमतिपत्रमा उल्लेखित सर्त पालना नगरे, सम्झौता गरी नेटवर्क अन्तरआबद्धता इन्कार गरे, प्रतिस्पर्धा नियन्त्रण गर्ने गरी काम गरे वा सेवा प्रयोगमा उपभोक्तालाई बाध्य बनाएमा १० देखि २० लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान मस्यौदामा छ । अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिएको अवधिभित्र दूरसञ्चार सेवा वा नेटवर्क सञ्चालन नगरे वा त्यस्तो सेवा वा नेटवर्क सञ्चालनका लागि आवश्यक पूर्वाधार संरचनाको विकास नगरे अनुमतिपत्र खारेज गर्न सकिने प्रावधान छ ।
अनुमतिपत्र प्राप्त व्यक्तिले ऐनबमोजिम बुझाउनुपर्ने वार्षिक दस्तुर, रोयल्टीलगायत रकम म्यादभित्र नबुझाए पनि अनुमतिपत्र खारेजमा हुनेछ । अहिले अनुमतिपत्र पाएका केही दूरसञ्चार सेवा प्रदायकले वर्षौंदेखि नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने रकम नबुझाए पनिखारेजीमा परेका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस