सोल-दक्षिण कोरियामा रहेका विदेशीलाई लक्षित गरेर सञ्चालित ‘पावर कल’ नामक कम्पनीको ‘केमल एप’ले गलत सूचना दिएर विदेशी झुक्याएको पाइएको छ।
एयर टिकट, अन्तर्राष्ट्रिय फोन कार्ड, प्रिपेड रिचार्जलगायतका सेवा दिँदै आएको कम्पनीले विदेशी रेमिट्यान्स सेवामा ग्राहक झुक्याउने गरेको छ। कोरियाबाट रेमिट्यान्सको कार्य गर्दै आएको जिएमई मातहतको ‘केमल’ एपले नेपाली कामदारहरुलाई झुक्याउने कार्य गरेको पाइएको हो। जिएमईमा कार्यरत कमल ढकालले जिएमईले नै ‘केमल एप’ सञ्चालन गरेको जानकारी गराए।
कम्पनीको एपमा उपलब्ध सेवाअन्तर्गत विदेशी रेमिट्यान्स सेवा उप शिर्षकमा जिएमई मनिट्रान्सफरमार्फत सेवा दिइने उल्लेख छ। ‘जिएमईमा अझै दर्ता हुनुभएको छैन भने यहाँबाट दर्ता गर्न सकिन्छ’ भन्ने उक्त मोबाइल एप्लिकेसनमा ‘अप्सन’ समेत राखिएको छ।
जिएमईको आधिकारिक एपमा उपलब्ध विनिमय दर र केमलमा उपलब्ध दरमा अन्तर छ। एउटै कम्पनीमार्फत सञ्चालित दुई एपमा २८ हजार १ सय १ कोरियन वनको रकमान्तर भेटिएको छ। यो समाचार तयार पार्दासम्म जिएमईको आधिकारिक एपमा १ लाख नेपाली रुपैयाँ रेमिट्यान्स गर्नका लागि १० लाख ८६ हजार ८ सय ९५ कोरियन वन आवश्यक पर्ने निर्धारण गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस