काठमाडौं – ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता सामसुङले आफ्ना आसन्न दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने यसअघि नै प्रष्ट पारिसकेको छ । ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ ।
आगामी फेब्रुअरी २५ बाट सुरु हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा सामसुङले यी दुई स्मार्टफोन सार्वजनिक गर्ने र मार्च महिनादेखि बजारमा पठाउन सक्ने अनुमान गरिएको छ । यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ ।
स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा १८ः५ः९ एस्पेक्ट रेसियोवाला पातलो भेजन स्क्रिन रहनेछ ।
पछाठिपट्टि फिंगरप्रिन्ट सेन्सर किनाराको साटो क्यामराको तल बीच भागमा रहनेछ । एस नाईन स्मार्टफोनमा ५.८ इन्चको क्यूएचडी प्ल्स एमोलेड स्क्रिन रहनेछ । नाइन प्लसमा ६.२ इन्चको स्क्रिन हुनेछ ।
सामसुङले आफ्ना आगामी दुई स्मार्टफोनमा अहिलेसम्मकै उत्कृष्ट प्रोसेसर राख्नेछ । स्मार्टफोनमा क्वालकोम स्नेपड्रागन ८४५ का साथै कतिपयमा सामसुङकै एक्जीनोस ९८१९ प्रोसेसर हुनेछ ।
एन नाइनमा ४ जिबी र एस नाइन प्लसमा ६ जिबीको र्याम हुने बताइएको छ । दुबै स्मार्टफोनमा ६४ जिबी तथा १२८ जिबीको इन्टर्नल स्टोरेज रहनेछ ।
समाचार अनुसार सामसुङले आफ्ना यी नयाँ स्मार्टफोनमा आइफोन एक्सका जस्तै केही फिचर पनि राख्ने बताइएको छ । जसमा थ्री डी इमोजी, फेस अनलक सेक्योरिटी फिचर तथा फ्रन्ट फेसिंग स्टिरियो स्पिकर्स रहनेछन् ।
स्मार्टफोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा रहनेछ जसमा सुपर स्लो मोसनको फिचर पनि रहनेछ ।
ग्यालेक्सी एस नाईन प्लसमा डुअल क्यामरा हुनसक्ने बताइएको छ । जसमा दोश्रो क्यामरा १२ मेगापिक्सेल सेन्सरका साथमा फिक्स अपर्चरवाला हुनेछ । साथै ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । जसमा सेल्फीका लागि केही नविनतम फिचर्स पनि रहनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस