२३ माघ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए नेपाली बजारमा ल्याएको छ । यो मनोरञ्जनको लागि उत्कृष्ट बन्ने दाबी कम्पनीको छ ।
ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ ।
आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा ननस्लिप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ ।
यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै यापलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ ।
१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जीबीको र्याम तथा ८ जिबिको इन्टरनल मेमोरि ९ माइक्रो एसडी कार्डको प्रयोग गरी २०० जीबीसम्म बढाउन सकिने० ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवम् स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु.१५ हजार ९ सयमा उपलब्ध रहेको छ । यसका दुई आकर्षक रंगहरु हृवाइट तथा तथा ब्ल्याक रहेका छन् ।
ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा उपलब्ध रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस