काठमाडौं – एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् ।
आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् ।एप्पल प्रमुख कार्यकारी टीम कुकले गएराती एप्पल मुख्यालयमा आयोजित बिशेष कार्यक्रममा यी तीनवटै मोडल सार्वजनिक गरे ।
यस्तो छ आइफोन एक्स
आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ ।
आइफोनमा १० मा अनुहार चिन्ने प्रबिधि- फेस आइडी पनि समावेश छ । अब आइफोनले तपाइको अनुहारलाई पासवर्ड मान्ने छ र आफ्नो फोन खोल्न तपाइले अनुहार देखाउनुपर्ने छ । एप्पलको दावी छ कि, तपाइले गग्स लगाएको भए पनि र ह्याट लगाएको भए पनि आइफोनले तपाइको अनुहार चिन्न सक्छ ।
यो फोनमा होम बटन हटाइएको छ । त्यसको विकल्पको रुपमा डेफ्थ सेन्सर भएको फ्रन्ट क्यामेरालाई अगाडी सारिएको छ ।
आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । आइफोन ७ मा भन्दा झण्डै दुई घण्टा ब्याट्री लाइफ यसमा बढी छ ।आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ भने स्पेश ग्रे र सिल्भर गरी दुई कलरमा उपलब्ध हुने छ ।
६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हूने छ । यसको मतलव यो फोन नै अहिलेसम्मको सवैभन्दा महंगो आइफोन हो । आइफोन १० को पि्र बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।
सानो आकारको आइफोन ८ को साइज ४.७ इन्चको हुने छ भने आइफोन ८ प्लस ५.५ इन्चको साइजमा उपलब्ध हुने छ । दुवैमा रेटिना एचडी डिस्प्ले छ । यसमा कम्पनीको सवैभन्दा आधुनिक ए११ चिप प्रयोग गरिएको छ । यो चिप ए१० भन्दा भन्दा ७० प्रतिशत फास्ट रहेको छ जुन आइफोन ७ सेरिजमा प्रयोग गरिएको थियो ।
आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा छन् । यी दुवैमा वायरलेस चार्जिङले सपोर्ट गर्छ भने लिल्भर, स्पेश ग्रे र गोल्ड गरी तीनवटा रंगमा उपलब्ध हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस