काठमाडौं – ब्याट्रीमा आगो लाग्ने समस्यासँगै बजार पठाएका ग्यालेक्सी नोट सेभेन फिर्ता लिनु र पछि नोट सेभेनको उत्पादन नै बन्द गर्नु परेपछि सामसुंगले गत वर्ष करोडौँ डलर घाटा बेहोर्नुपर्यो । ब्याट्री विस्फोट हुनुका कारणबारे विभिन्न अनुमान तथा तर्कहरु बाहिर आए । अन्ततः सामसुंगले नोट सेभेनको ब्याट्रीमा आगो लाग्नुको खास कारण पत्ता लगाएको छ ।
वालस्टि्रट जर्नलमा प्रकाशित रिपोर्टअनुसार नोट सेभेनको ब्याट्रीको साइज सही नभएका कारणले नै ब्याट्रीमा आगो लागेर विस्फोट भएको हो । यद्यपि यस विषयमा सामसुंगले आफ्नो जाँच रिपोर्ट आधिकारिक रुपमा सोमबार मात्रै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
वालस्टि्रट जर्नलले सुत्रहरुको हवाला दिँदै लेखेको छ कि, केही फोनमा ब्याट्रीको आकार ठीक थिएन, जसका कारण तातेर विस्फोट भएको हो । केही अन्य फोनमा भने उत्पादनमै त्रुटि थियो ।
कम्पनीले उक्त समयमा खराब ब्याट्रीका लागि आपूर्तिकर्तालाई जिम्मेवार ठहराएको थियो । तर नोट सेभेनको ब्याट्री कसले उत्पादन गरेको हो भन्ने बारेमा चाहीँ सामसुंगले केही खुलाएको छैन तर सामसुंगको भगिनी कम्पनी सामसुंग एसडीले नोट सेभेनका केही ब्याट्री उत्पादन गरेको चर्चा चलेको थियो ।
सामसुंग एसडीले बनाएका फोनको साइज नमिल्दा फोनसेटमा राम्रोसँग फिट भएका थिएनन् र चार्ज गर्दा तात्ने समस्या उत्पन्न भएको थियो । त्यस्तै कतिपय ब्याट्री चाहीँ Amperex Technology बाट लिइएको थियो । कम्पनीले फोन उत्पादन गर्ने क्रममै केही त्रुटि भएको रिपोर्टमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस