काठमाडौं – उपभोक्ताले निकट भविष्यमै तिनवटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने छन् । गेमिंग कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो मा तीनवटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ ।
प्रोजेक्ट भेलेरी नामक उक्त परियोजनाको अवधारणा अनुसार कम्पनीले फोर के रिजोलुसनयुक्त तीनवटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप तयार पार्नेछ ।
ल्यापटपमा सेन्ट्रल डिस्प्लेभन्दा अलग थप दुईवटा स्क्रिन स्लाइड रहनेछन् जो अटोम्याटिक प्रणालीमा आबद्ध हुन्छन् । तीनवटा स्क्रिनहरु चाहिएको बेला बाहिर निस्किनेछन् भने काम सकिएपछि आफै भित्र छिर्नेछन् र १२ पाउण्ड तौलको नोटबुक बन्नेछ ।
कम्प्युटर गेमिंगका लागि यो तीनवटा स्क्रिनवाला ल्यापटप निकै उपयोगी बन्नेछ । तीनवटै स्क्रिनको साइज १७ इन्च हुनेछ ।
यो ल्यापटप फोल्ड गरेर बन्द गरेसँगै डेढ इन्च पातलो हुनेछ । स्टाण्डर्ड गेमिंग ल्यापटपको तुलनामा उक्त ल्यापटप निकै शक्तिशाली हुने दाबी गरिएको छ ।
कम्पनीले घोषणा गरेको यो परियोजनाले कहिले मूर्तरुप पाउँछ र तीन स्क्रिन वाला ल्यापटप तयार हुन्छ भन्ने खुलाइएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस