काठमाडौं – पछिल्ला केही वर्षयता प्रविधि कम्पनीहरु स्मार्टफोनका फ्लेक्सीबल डिस्प्ले तयार गर्नमा सफलता प्राप्त गरिसकेका छन् । कतिपय कम्पनीहरुले त लचिलो स्क्रिनवाला स्मार्टफोनका नमूना पनि सार्वजनिक गरिसकेका छन् ।
भलै यो प्रविधि अहिले परीक्षणकेा चरणमा छ, तथापि दक्षिण कोरियाको एक कम्पनी कोलन इन्डस्ट्रीजको दाबीअनुसार सन् २०१८ मा लचिलो स्क्रिनवाला स्मार्टफोन छ्यापछ्याप्ती हुनेछ ।
कोलन दक्षिण कोरियाली उत्पादक कम्पनी हो । कोरियन हेराल्डका अनुसार उक्त कम्पनीले रंगबिहीन पोलिमाइड तयार गर्ने काममा सफलता प्राप्त गरेको दाबी गरेको छ ।
उक्त पोलिमाइडलाई फोल्डेबल डिस्प्ले तयार गर्न प्रयोग गर्न सकिन्छ । कोलन उद्योगले हाल कोरियन कम्पनीहरु एलजी तथा सामसुंगका लागि विभिन्न वस्तु आपूर्ति गर्दै आएको छ ।
कम्पनीको कलरलेस पोलिमाइड डिभिजनका प्रमुख क्यांग चुंग सिओकका अनुसार ३ देखि ५ वटा प्रविधि कम्पनीहरुले २०१८ मा ठूलो परिमाणमा फोल्ड हुने फोन लञ्च गर्नेछन् । दक्षिण कोरियामा यस्तो खालका स्मार्टफोनले बजारको २० प्रतिशत हिस्सा कब्जा गर्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस