काठमाडौं – अहिलेसम्म एप्पलले एउटा मात्र सिमकार्ड लाग्ने आइफोन बनाउँदै आएको छ । यसले उपभोक्ताहरुको आइफोनसँग गुनासो बढिरहेको छ । उपभोक्ताको गुनासोलाई ध्यान दिँदै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ ।
फोब्र्स पत्रिकाले आफ्नो एक रिपोर्टमा अमेरिका तथा चीनमा एप्पलले दुईवटा पेटेन्ट दर्ताको दाबी पेश गरेको छ । जसका आधारमा एप्पलले डुअल सिम आइफोन उत्पादन गर्ने तयारीमा जुटेको अनुमान गरिएको छ । चाइना स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफिसमा दर्ता गरिएको कागजातका आधारमा अनुमान गर्न सकिन्छ कि आगामी आइफोनमा डुअल सिमकार्डको फिचर हुनसक्छ । यसो भएमा अन्य धेरै स्मार्टफोनहरुमा जस्तै एउटै आइफोनमा पनि दुईवटा मोबाइल नम्बर चलाउन सकिनेछ ।
फोब्र्सका अनुसार गत मार्चमा एप्पलले पेटेन्ट दर्ताका लागि निवेदन पेश गरेको थियो र गत सेप्टेम्बरमा यो प्रकाशित भयो । यसको आविष्कारकको नाममा ली सू राखिएको छ । उनको लिक्डइन प्रोफाइलबाट परिचय खुलेको आधारमा उनी एप्पलको सेलुलर सफ्टवेयर विभागका मुख्य आर्किटेक्ट हुन् ।
चीनका साथै अमेरिकामा दर्ता गरिएको पेटेन्टको फाइलका बारेमा पनि फोब्र्सले चर्चा गरेको छ । अघिल्लो हप्तामात्रै एप्पलले अमेरिकामा समेत डुअल सिम फंक्सनालिटीको पेटेन्ट प्राप्त गरेको हो ।
यद्यपि एप्पलले यस बारेमा केही बताएको छैन र उसले भविष्यमा डुअल सिमवाला आइफोन बनाउँछ की बनाउँदैन भन्ने कुरा प्रष्ट भएको छैन । एप्पलले अहिलेसम्म आफ्ना स्मार्टफोन निश्चित टेलिकम प्रोभाइडरहरु सँग मिलेर बिक्रि गर्ने गरेको छ ।
यदि डुअल सिम फिचर आएमा एप्पललको ती कम्पनीहरुसँगको सम्बन्ध बिगि्रनेछ, किनकी उपभोक्ताले एउटै फोनमा अन्य कम्पनीको सिमकार्ड पनि हाल्दछन् । त्यसैले कुनै निश्चित बजारमा मात्रै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने सम्भावना प्रवल छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस