लामो समयपछि हुन लागेको नेकपा(माओबादी केन्द्र)को महाधिवेशनले सारा बिश्वको ध्यान तान्नु स्वाभाविकै हो । बदलिएको विश्व परिस्थितिमा अब माओवादीले लिने नीति,कार्यक्रम र नेपालकै सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजबाद लक्ष्यमा माओबादी पार्टीको व्याख्या र कार्यनीति तथा रणनीति के हुने भन्ने चासो हुनु स्वाभाविकै हो ।
अहिले पनि मुलुक प्रचण्डकै एजेण्डामा चलेको यथार्थलाई कसैले ईन्कार गर्न सक्दैनन् । माओबादीले लिने भावी नीतिका बारेमा अध्यक्ष प्रचण्डले प्रदेश सम्मेलनको उदघाटनका क्रममा दिनु भएको सम्वोधनमा संकेत गरिसक्नु भएको छ । अध्यक्षले नयाँ र अरु भन्दा फरक पार्टी नबनाउने हो भने माओबादी पार्टी बिघटन गरि दिए हुन्छ भनी पटक पटक कठोर शब्दमा भन्दै आउनु भएबाट बुझ्न सकिन्छ अबको माओबादी केही फरक भएर आउँछ ।
यसै सेरोफेरोमा पार्टीका तल्ला तहका अधिबेशनहरु सकिएका छन तर पदाधिकारि चयनमा सकसमा अल्झिएका छन् । दोश्रो कार्यकारी निकाय प्रदेश तहका कुनै पनि कमिटीले पदाधिकारी टुङ्याएका छैन । नेतृत्वमा जाने तिव्र महत्वाकांक्षा र त्यसलाई टुङ्गयाउने विधि,पध्दतीको अभाव र प्रयोग नभएका कारण यतिवेला सम्मेलनको हलबाट माथि तिर ट्वाँ परेर हेर्नू पर्ने अवस्था छ ।
जनयुध्द छोडेर खुल्ला राजनीतिमा आएरपछि माओबादी पार्टी संगठनिक आधारमा सुदृढ नभएको र विधि पद्धतिमा नचलेको यथार्थतालाई स्विकार गर्नैपर्छ । त्यसमा पनि लामो समय संविधान निर्माणमा ध्यान केन्द्रित र संघर्षमै सिमित हुनु परेको र त्यसबीचमा पार्टीमा आएको बिभाजन र एकताका कारण पनि माओबादी साँगठनिक धरातल छिन्नभिन्न र तदर्थबादमा मात्र चल्यो । झन नेकपा एमालेसँग पार्टी एकता भएपछिको नेकपा कालमा त माओबादीको अस्तित्व जोगाउन समेत मुस्किल भयो र गुट भत्काउने नाममा माओबादी पहिचान जोगाउन समेत हम्मे हम्मे भयो र जिम्मेवार अनि क्षमतावान बैचारिक कार्यकर्ताहरुलाई पलायनता र निस्कृयताको बाटो रोज्न बाध्य पारियो ।
यतिबेला कमिटी हैन सिँगो पार्टी नै पुनर्गठनको अवस्थामा छ भन्दा फरक नपर्ला । पार्टी विधि र पद्धतीमा नचलेका कारण नै माओबादीका कार्यकर्ताहरु नेताका वरिपरि घुम्ने,नेताको आशिर्वादबाट राज्य र पार्टीमा ठाउँ खोज्ने र गुटगत भावनाको बिकास भएर गयो । त्यसैको परिणतीको अहिलेको समस्या !
जबसम्म निम्न पूँजीवादी चिन्तन र नेताहरुको आशीर्वादले सुविधाका पदमा पुग्ने र भ्रष्टिकरणबाट मुक्त हुन सकिँदैन त्यसबेलासम्म यी समस्या ज्यूँका त्यूँ रहन्छ र त्यसले पार्टीलाई एमालेकै कित्तामा उभ्याउछ । जनतासँगको सम्वन्धलाई टाढा बनाउँदै लाने र कार्यकर्ता र नेता राजधानी केन्द्रित हुँदै जाने हो भने माओबादीको जनयुध्द एकादेशको कथामा परिणत हुनसक्छ । सधैं शहीदका सपनाको ब्याज खाएर मात्र पार्टी अगाडि जान सक्दैन र नेतृत्वमा टिकी राख्न पनि सम्भव छैन ।
अब समाधानका उपाय के होलान त भनेर खोजि गर्न तिर लागौं । अहिलेका समस्यालाई विधि र पध्दतीमा नै टुङ्गाईनु पर्दछ । त्यसका लागि पार्टीले लिएको अधिकतम सहमतिमै नेतृत्व चयन गर्ने खुल्ला समाजमा पूर्ण रुपमा सही नहुन सक्छ । अहिलेको अवस्थामा विवाद टुङ्गाउने उपयुक्त र सर्वस्विकार्य विधि निर्वाचन नै हो । यसका लागि पार्टी केन्द्रको ध्यान नपुगेको देखियो । वन्दशत्र सकिएको हप्तौ दिन पदाधिकारी चयन हुन र कमिटीले पूर्णता पाउन नसक्नु जग र बिरोधी हसाउने कार्य बाहेक अरु किमार्थ हुन सक्दैन । यसले पार्टी संगठन सुदृढ हुदैन बरु अझ गुटगत र केन्द्रमुखि प्रवृत्तिले प्रश्रय पाउने र आकाक्षीको संख्या वढ्दै विकृति मौलाएर संगठन झन कमजोर हुने अवस्था रहन्छ ।
पार्टीले समस्या देख्यौ, समाधानका उपाया पनि खोज्यो र निर्वाचन समिति आयोग पनि वनायो तर त्यो हतियार र अधिकारविहीन दस्तालाई फड्के किनाराका साक्षी राख्नमात्र ! समस्या समाधान गर्ने अधिकार सम्पन्न आयोग बनाएको र पदाधिकारीहरु समेतको टुङ्गो लगाउने अधिकार सम्पन्न आयोग बनाएको भए केन्द्र र नेतृत्वले यो तनाव बोक्न पर्दैनथ्यो । अब पनि धेरै माथापच्ची नगरिकन तिनै मौजुदा निर्वाचन समितिलाई पदाधिकारीको चयन गर्न विधि र पध्दतिगत अधिकार दिएर पठाउनु नै पार्टीको हितमा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस