संस्कृतमा एउटा श्लोक छ |
‘दुर्जनं प्रथमं वन्देत् सज्जनं तदनन्तरम् ।
मुखप्रक्षालनात् पूर्वं गुदप्रक्षालनं यथा ।।’
सर्वप्रथम दुर्जनलाई नमस्कार गर्नू, त्यसपछि मात्र सज्जनलाई । सुन्दा अति साधारण सुनिएला तर अर्थ बुझ्दै जाने हो भने निकै गहिरो अर्थ दिन्छ यो श्लोकले |
प्रसंग डा सुरेन्द्र यादबको | डा सुरेन्द्र यादब दुर्जन थिए थाहा थियो तर यतिसम्म निकृस्ट रहेछ्न थाहा थिएन | दुर्जनबाट सज्जन बनाउने मनासय थियो, कोशिस थियो | मन्त्री बनाउने मान्छे नपाएर दुई माननीयहरु महोत्तरी पुग्नुभएको थिएन तर ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पनालाई साकार रुप दिन कहि कतै डा यादवहरुको आबस्यकता थियो | त्यसैले समृद्ध समुन्नत नेपालका सारथी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुशल कार्यकर्ताहरुलाइ कुराकानी गर्न पठाउनु भयो |
त्यहा माननीय ज्युहरुलाई अनुरोध गरेर काठमाडौ आएका डा यादव यहाँ आएपछि आफ्नै कारणले नतिजा अनुकुल नहुने देख्नुभयो | त्यसपछि अनेक हत्कण्डा र बितन्डा मच्चाउन थाल्नु भयो | केहि दिन यता नेपाली राजनीति वृतमा यहि बिषयले चर्चा पाएको छ , बहस चलिरहेको छ |
धेरै विश्लेषकले डा यादबले आफुले आफैलाइ कृतिम अपहरण गराएर दुई माननीयज्यूहरुलाई दोषी देखाएर मुद्धा लगाउन खोजिएको छ | माननीय महेस बस्नेत, माननीय किसान श्रेष्ठ र पूर्व प्रहरी माहानिरीक्षक सर्बेन्द्र खनालको नाम जोडिदिएर आफू पानी माथिको ओभानो बन्ने दुस्प्रयास भएको छ तर यस्तो दुष्प्रयास हामी आमनागरिक मतदाता नेता तथा कार्यकर्ता कसैलाइ पनि स्वीकार्य छैन |
नेपाली राजनितिमा आरोहअवरोह आइरहन्छ्न तर आफू अनुकुल हुँदा जयजयकार हुने आफू तल पर्ने अबस्थामा अनेक प्रोपोगन्डा मच्चाउने अफबाह फैलाएर आफ्नै हात जग्गनाथ बनाउने शैली कहि कसैलाइ पनि रुचिकर हुनै सक्दैन | डा यादबमा पनि यहि प्रवृति देखियो |
राजनीतिमा कहिलेकाही आफू तल परेको जस्तो देखिए पनि उस्को बिजय भएको नै हुन्छ | तपाइँ मन्त्री बन्न दौरा सुरुवाल बोकेर काठमाडौ आउनुभएको सत्य नै हो तर बार्गेन नमिल्दा तथ्यलाई तोडमोड गर्ने प्रयास नगर्नुस झुट र भ्रमको खेती सृजना गर्नुभयो | हामी जनता सचेत छौ | त्यसैले डा यादब ज्यू गल्ती स्वीकार गर्नुहोस, दिग्भ्रमित पार्ने कोसिस नगर्नुस एक्काइसौं शताब्दीका नागरिक भएकाले सत्य बुझ्न सक्छौं | कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने होइनौ हामी |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस