स्वबियु चुनाव नजिकिदै गर्दा विद्यार्थीहरु राजनीतिमा हुनु नेपालको परिप्रेक्षमा अनिबार्य जस्तै देखिन्छ।
निजि बिद्यालय र क्याम्पस केहिलाई छोड्ने हो भने अधिकांशमा राजनीतिक संगठन प्रवेश भएकै छ्न। तिनका गतिबिधि निर्बाध चलिरहेका छन।
आफ्नो संगठनको लागि मात्र नभै विद्यार्थीहरुले २३९ बर्ष पुरानो राजतन्त्रको अन्त्य गरि देशलाई लोकतान्त्रिक गणतन्त्र सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका छन।
१९५० होस वा १९९० यी सबै घटनाक्रममा विद्यार्थीहरुको अतुलनिय योगदान रह्ह्यो। मतलव आफ्नो अभिभावक दलको लागि मात्र नभै बिद्यार्थी हरु देशकै भबिस्य परिवर्तन गर्न निस्वार्थ रुपले लागेको हामिले प्रत्यक्ष महसुस गर्न पयौं ।
विश्व परिवर्तनमा विद्यार्थीहरुको राजनीतिक, सामाजिक तथा आर्थिक भुमिका अतुलनिय छ। बिद्यार्थिहरुको पढाइ संगै कलेज पुर्वाधार निर्मणमा प्रमुख भुमिका हुनुपर्छ, पठनपाठनमा सकारात्मक माहोल शृजना गर्दै देशका कुना कन्दरा सम्म शिक्षाको पहुँच पुर्याउनु उनिहरुले पहल गर्ने हो भने देशको शैक्षिक स्तरमा आमूल सुधार हुन सक्छ।
बिद्यालय जानबाट बन्चित बालबालिकाहरुसम्म पुग्नु उनिहरुको प्रमुख जिम्मेवारी हो, शिक्षामा हुने भेदभावको अन्त्य गराउँदै उज्ज्वल भबिष्यतर्फ देशलाई डोहोर्याउनु पर्ने युवा शक्ति हो बिद्यार्थी ।
पार्टिको स्वार्थ र चासोमा ज्यान दिन मरिहत्य गर्ने २० बर्षेलाई प्रयोग गर्ने हो वा सहि मार्गदर्शन त्यो भने अभिभावक पार्टिको दायीत्व हो। हाम्रोमा त्यो दायित्वबोध हुने पार्टीहरु शून्य प्राय छन।
कानुन र राज्यलाई उल्लंघन गर्दै हत्यारा र अपराधिहरुको कवच बन्नु बिद्यार्थी राजनीतिका असफलता हुन।कानुनले युवा बिद्यार्थी बाट सहयोगको अपेक्षा गर्दछ। कानुनलाई जोड्ने वा तोड्ने दुबै कुराको लिड विद्यार्थीहरुले विभिन्न कालखण्डमा गरिरहेका छन।
आय आर्जन बिना राजनीती लाग्नु आफैमा चुनौती हो, त्यो परिवार जसले आफ्नो १८ बर्षे छोरो वा छोरीको पढाई संगै राजनीति धान्नु परिरहेको हुन्छ आफ्नो खर्चमा उनिहरुलाई साँच्चै मार परिरहेको हुन्छ। गरिब देशलाइ फजुल कर्चले अझै गरिब बनाउँछ।
युवालाई पढाईबाट बिकेन्द्रीत गर्ने प्रमुख कारण क्याम्पसहरुमा हुने अमर्यादित राजनिती पनि प्रमुख कारण मध्यको एक हो भन्ने हरु पनि छ।आफ्नै हक अधिकारको नाममा हुने बिध्वंशले धेरैलाई बितृष्णा पैदा गरेकै छ, जसको परिणाम युवा विद्यार्थीहरुको पलायन हो।
बिद्यार्थी राजनीतिलाई आफ्नो मार्गमा डोहोर्याउनुको सट्टा अभिभावक पार्टिको गोट्टी मात्र बनेको, बिश्वब्यापी मान्यता अनुरुप आफुलाई स्थापित गर्न नसकेको तथा देशलाई हाँक्न सक्ने दुरद्रस्टा पैदा गर्न नसकेको आरोप नेपालको सन्दर्भमा सत्य साबित भैइरहेको छ।
समाज र राज्यबिचको असन्तुलित सम्बन्ध लाई सन्तुलनमा ल्याउन विद्यार्थी हरुको भुमिका हुनु पर्दछ।
आफ्नो मौलिक पहिचान, बिकाशका आधार र दृस्टिकोण, सामाजिक राजनितीक आधार, ब्यक्तिगत आचरण नैतिकता,आर्थिक एजेण्डा तथा विश्व परिवर्तनको बैज्ञानिक तथ्य जसले राम्रो सँग विद्यार्थी जीवनबाटै अध्ययन गर्न र बुझ्न सक्छ त्यो भबिश्यको सक्षम नेतृत्व हो आशा र भरोसाको केन्द्र पनि हो।
आजका नेतृत्व कहिं न कहिं हिजोकै बिद्यार्थी राजनितीका उत्पादन हुन। जो देशलाई सकारात्मक मर्गदर्शन गर्न बिफल हुंदै गर्दा पनि आफ्नो गुट, अभिभावक सस्था र कार्यकर्ताका भने प्रीय जस्ता देखिएका छन।
यसको अर्थ उनिहरुको राजनीतिक आधारप्रती बफादार बाहेक समग्र देशलाई हाँक्ने कौशलताको बिकाश भने अझै नभएको प्रस्ट हुन्छ | परस्पर फरक बिचारका दल र त्यससंग सम्बन्धित बिध्यार्थी संगठन हरु सानोतिनो बेमेललाई लिएर मारामार गर्छन, काटमार
झैझगडाले निम्त्याउने परिणामको संरक्षण आफ्नो अभिभावक पार्टिले गरि रहेकै हुन्छन, यसैको आत्मबलले राजनिमा लागेपछी अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने मान्यता नेपालको सन्दर्भमा स्थापित नै छ।
पावर र पैसाको बोलवाला चलेपछी ईमान्दार विद्यार्थी पलायन हुनुको बिकल्प छैन। युवा पलायनलाई रोक्न एउटा गतिलो कदम विद्यार्थी राजनिती लाई सुधार गर्नु पनि हो। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकै आउँदै गरेको बेला उनिहरुले शैक्षिक मुद्दालाई केन्द्रमा राखेर विद्यार्थीका माझमा जाउन भन्ने प्रमुख ईच्छा हो।
देशको आमूल परिवर्तन संगै शिक्षामा आम सर्वसाधारणको पहुँज अभिबृद्दीमा उनिहरु लागुन भन्ने हो, कम्तिमा साझा एजेण्डा हरुमा एक होउन र परिवर्तन लाई जस्ताको त्यस्तै जन भावना अनुसार संस्थागत गर्न आफुलाई दर्हो रुपमा उभ्याउन भन्ने हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस