सोल – वर्षेनी हजारौ युवाहरु देश बाहिर गइ रहेका छन अर्थात नेपालबाट विदेशिने युवाहरुको संख्या बृद्धि भै रहेको छ | काम गर्न भनेर बिदेशिएका नेपाली युवाहरुको खोजे र रोजे जस्तो काम बिरलै पाइन्छ | कोरिया पनि विश्वकै कठिन काम गर्नु पर्ने मुलुक मध्य पर्छ |
अहिले कोरिया हजारौ नेपाली युवाहरु कार्यरत छन | जस्तो भए पनि घर छोडी बाहिर आइसके पछी काम गर्नु पर्ने हुन्छ|कामको शिलशिलामा बिदेशीए पछी काम जस्तो पनि हुन् सक्ने भएकाले विदेशमा दुख पाइन्छ| सामान्यतया हेर्ने हो भने बढी जसो कम्पनिहरुमा शिफ्टिंग अर्थात शिफ्टमा काम गर्नु पर्ने हुन्छ |एकै नासको समय नहुन सक्छ कहिल्यै दिनमा त कहिल्यै रातमा कम गर्नु पर्ने हुन्छ |
अझ कुनै कुनैमा त २४ घण्टामा ३ वा ४ शिफ्टमा काम गर्नु पर्ने हुन्छ तसर्थ यस्तो अवस्थामा विशेष आफ्नो दैनिकी र स्वास्थ्यलाइ ध्यान दिन नसके झन् दुख पाइने सम्भावना हुन्छ |
यस्तो अवस्थामा धेरै मानिसहहरु लाइ निन्द्राको समस्या पर्न सक्छ र निन्द्रा नपर्ने समस्या हुन् सक्छ कसरि सुत्ने कति सुत्ने भन्ने कुरामा अलमल परेको हुन् सक्छ साथसाथै स्वास्थ्यमा पनि असर परेको हुन्छ | त्यसैले दिन रात शिफ्टमा काम गर्ने कामदारहरुको लागि केहि टिप्सहरु दिन चाहन्छु |
– जुन शिफ्टमा काम भए पनि एउटा सुत्ने निस्चित समय बनाउने|
– दुइ शिफ्ट वा सो भन्दा बढी शिफ्ट भएमा निरन्तर( clockwise)पर्ने शिफ्टमा काम गर्ने वातावरण बनाउने त्यसको लगत्तै आउने अर्को शिफ्टमा पर्ने प्रयास गर्ने|
– लागु पदार्थबाट टाढा बस्ने नसालु पदार्थले केहि हद म्म निद्रा लाग्न सक्छ तर त्यो क्षणिक मात्र हुनेछ र पछीलाइ त्यसले स्वास्थ्यमा नराम्रो असर पर्छ|
– निन्द्रा लाग्ने औषधिहरु सकेसम्म प्रयोग नगरौ किन भने यसले निन्द्रा लाग्न मद्दत त गर्छ नै तर पछी बिउझिन गाह्रो हुन्छ|
– दिनमा कम्तिमा ७/८ घण्टा सुत्ने गरौ |
-सुत्ने बेलामा कोठाको उज्यालो ख्याल गरौ कोठाको उज्यालोलाइ हल्का अध्यारो बनाउ जसले निदाउन सहज होस|
– एउटा राम्रो डिजिटल घडी प्रयोग गर्ने गरौ |
-काम गरि सके पछी अनावश्यक कुरा नसोचिने गरि आफु लाइ व्यस्त राखेर प्रसस्त आराम गर्ने गरौ |
– चिया कफी पिउने बानि छ भने २४ घण्टा मा २ देखि ४ कप भन्दा बढी नपिउने किन भने यसले डीहाइद्रेशन हुन्छ र निन्द्रा लाग्दैन तर पछी यसले असर गर्छ |
– सुतेर उठी सके पछी १-२ गिलास पानि पिउने जसले स्वस्थ रहन मदत गर्छ |
– सुत्ने कोठामा हावाको अवस्था व्यवस्थापन गर्ने|
– सुत्नु भन्दा पहिले सकिन्छ भने कसैसंग फोनमा कुरा नगरौ|
– शरिर सक्रिय राख्न अलि हिड्ने गरौ |
– सुत्ने समयमा तरल पदार्थ बढी मात्रामा सेवन नगरौ किन कि बेला बेला लाग्ने पिसाबने निन्द्रा हराउन सक्छ|
-सुत्नु भन्दा अगाडी धेरै खाना नखाउ स्वास्थ्यमा असर पर्न सक्छ |
-इनर्जी ड्रिंक सेवन गर्ने गरौ तर धेरै मात्रामा होइन किन कि यसले पनि निन्द्रामा प्रभाव पार्छ |
– पानीले शरिरको इम्युन प्रणालीलाइ बलियो बनाउछ काम गरि रहदा हाम्रो शरिरमा पानी को कमि हुन् सक्छ त्यसैले बढी पानि पिउने गरौ|
– कामबाट आइ सके पछी न्यानो पानीले नुहाउने गरौ यसले थकान कम महशुस हुन्छ र शरीरलाइ आराम भएको महशुस हुन्छ ,निन्द्रा लाग्न सहयोग गर्छ |
– कामबाट आए लगत्तै सुत्ने बानि त्यागौ |
यस्ता सजिला हामीले आफै गर्न सक्ने कुराहरुमा सुधार ल्याउने हो भने र आफ्नो दैनिकीलाइ अलि परिवर्तन गर्ने हो भने सहज हुन्छ |आफ्नो स्वास्थ्यको ख्याल गरेर कुनै पनि काम गर्ने गरौ स्वास्थ्य नै पहिलो धन हो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस