अहिले कोरियामा गर्मीको बिदा संगै जाडोको आगमन हुँदैछ।यति बेला स्थानिय बोटबृक्षहरु आफ्नो काँचुली फेर्न अभ्यस्त छन।पुरानो पातहरु रंगिन हुँदै मन्द हावाको बेगले नै नांगा भुई भरी खसिरहेछन।
यहाँको रुखहरु हरियो पालुवा र पातहरु आँङ भरी बोकेर उभिदा बडो सुन्दर देखिन्छ्न नै शिशिरको यो समय पनि उतिकै राम्रो भएर खस्ने गर्छन पत्करहरु।घरीघरी यस्तो लाग्छ यी निर्जिव भइ सकेका पत्करहरु हावाको बेगले सर्याक(सुरुक गर्दा यो धरतिलाई कति काउकुती लाग्दो हो ?
त्यसै गरि कोरियाको राष्ट्रिय चाड छुसक र सलनालको बेला चहलपहलमा रहने नेपाली संघ संस्थाहरु अहिलेको यो अवस्थामा भने निकै शान्त र चुपचाप छन।छुसक होस वा सलनाल यो बेला कोरियाको सरकारी करकार्यलयदेखि लिएर निजि कम्पनिहरु प्रत्येकले कम्तिमा पनि तीन दिन बिदा दिएको हुन्छ।यहि तिन दिनको बिदामा दिनरातको थकान र पेलानबाट बिदेशी कामदारहरु केही राहत महसुस गर्छन।
यहि छुसक र सलनालको अवसर पारेर आ(आफ्नो देशको संघ संस्थाले आफ्नो देशको कामदारहरुलाई मनोरञ्जन गराउने हेतुले विभिन्न सांस्कृतिक कार्यक्रम देखि लिएर फिल्महरु देखाउने गरेका छन।अझ भनौ अरु देशको तुलनामा नेपालीहरु निकै अघि छन यो केसमा।
नेपाली संस्थाहरु मात्र यति धेरै खुलिसकेका छन कि जुन कम्पनिमा नेपालीहरु छन।प्रत्येक कम्पनीमा संस्था छ भन्दा पनि फरक नपर्ला।
संघ(संस्था खुल्नु आफैमा पक्कै पनि नराम्रो हुँदै होइन।हरेक संस्थाहरुले आ(आफ्नो दुरदर्शी भिजन लिएर आएको हुन्छ।उद्देश्य बिनाको कुनै पनि संस्था हुनै सक्दैन।तर अचेल कोरियाको हकमा हेर्ने हो भने दिनकै च्याउ सरि उमृने संस्थाहरु च्याउकै उमेरसंगै पतन भएर गएका पनि छन।
यिनै संस्थाहरु मध्ये केहिले भने निकै राम्रा कामहरु गरिरहेका छन।जस्मा मुख्यत आर्थिक पार्दर्शिता नै हो।संस्थाको आयब्यय सार्वजनिक रुपमा पेस गर्ने गरेका छन र आफ्नो उद्देश्य पुर्तिका लागि गरेका कार्यक्रमहरुबाट भएका लाभ र हानी प्रत्यक्ष रुपमा सम्पुर्ण नेपालीहरु बिच प्रष्ट्याउने गरेका छन।
तर केही मै हुँ भन्ने संस्थाहरु भने ठुला( ठुला बिदा पारेर नेपालबाट कलाकारहरु बोलाएर ठुलै कार्यक्रमहरु निकै तामझामको साथमा गर्छन।कार्यक्रम हेर्नको लागि टिकट घटिमा पनि २५०००९पच्चिस हजार०कोरियन वनमा बिक्री गर्छन।जस्को नेपाली रुपैयाँ लगभग पच्चिस सय हुन्छ।उक्त कार्यक्रम चलाउने बेला विभिन्न नारा र उदेश्य देखाएर सोझा साझा नेपालीहरुलाई टिकट बिक्री गर्छन।कसैले सेल्टर ब्यवस्थापन भनेका हुन्छन त कसैले नेपालमा अनाथ बालबालिकालाई शिक्षा दीक्षा दिने कुरा गरेका हुन्छन।कसैले बृद्धा आश्रममा सहयोग गर्ने भनेका हुन्छ्न।
कार्यक्रमहरु ल्याउने संस्थाहरुले निकै राम्रा(राम्रा नारा र उद्देश्य देखाएर सके जति टिकट बिक्री गर्छन।त्यसको भोलिपल्ट समाचारमा लेखिन्छ,फलना संस्थाको फलना कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न भएको जानकारी प्राप्त भएको छ भनेर साथमा खदा,ब्याच भिरेका रंगिन तस्बिरहरु फेसबुक भरी जता(ततै देखिन्छन।अनि बिस्तारै हराउछ कसरी,कुन,किन र के उद्देश्यले कार्यक्रम चलाईएको थियो भनेर।कहां जान्छ सेल्टर ब्यवस्थापनको कुरो,त्यस्ता अनगिन्ती उद्देश्य लिएर चलाईएको कार्यक्रमका कुराहरु।
भन्नै मन लागेको कुरो,एउटा पवित्र सामाजिक उद्देश्य लिएर कार्यक्रम भब्यताको साथ सम्पन्न गरेपछि त्यो उद्देश्य नै भुल्न मिल्छरु
आज सम्म मैले देखेको कार्यक्रम भब्य र सभ्य भएको मात्र हो,त्यही कार्यक्रम भब्य सभ्य भए पछि उद्देश्य परिपुर्ती गरियो भनेर चाहिँ किन आउदैन कुनै समाचाररु कि भित्र भित्रै गर्छन सामाजिक उत्तरदायित्वका ती राम्रा कामहरुरुमेरो भनाई यत्ती हो,यदि त्यस्ता राम्रा कामहरु भित्रभित्रै भएको छ भने बाहिर आउनु पर्यो।ताकी सर्वसाधारण नेपालीहरुलाई पंगु बनाएर लुट्ने नालायक संघ(संस्थाहरु पनि आफ्नो ठाँउ ठेगानमा आउन र आफ्नो कर्तब्यमा अग्रसर हुन सकुन।
आफ्नै अगाडिको कुरो पछिल्लो समयको छुसकमा नेपाली जनसम्पर्क समितिले कार्यक्रम बाँडफाँडमा गर्न पक्षपात गर्यो भनेर नेपाल तमाङ संध दक्षिण कोरियाले आफ्नै बलबुतोमा नेपथ्य ब्याण्ड कोरिया भित्र्याएर कार्यक्रम भब्य मात्र नभएर विशाल रुपले सम्पन्न गर्यो।छुसकको दोस्रो दिन अर्थात नेपथ्य उता चलिरहंदा यता झापा मिलनले पनि कन्काई सांगितिक सौगात भब्यताको साथ सम्पन्न गर्यो।
यो त थियो कार्यक्रम बाँडफाँडमा संस्थाहरु बिच मनमुटाव भएको कुरा।नेपाली जनसम्पर्क समितिको नियम भित्र रहेर होस वा आफ्नै तरिकाले होस कार्यक्रमहरु भब्य त भएकै हुन जस्को प्रत्यक्ष साक्षी कोरियामा कार्यरत ३९ हजार नेपाली छन जस्मा म खुद आफै पनि छु।
७२ सालमा महाभुकम्प गए पश्चात कोरियाका विभिन्न संघसंस्थाले हातेमालो गर्दै आर्थिक संकलन गरे।जस मध्ये सपोर्ट नेपालको निकै राम्रो छवि रहन गयो त्यसको मुख्य कारण नै आर्थिक संकलनको साथै पारदर्शिता थियो।त्यसै गरि सेवक नेपालका अभियन्ताहरु मिलेर पनि आफ्नो गच्छे अनुसार भुकम्प पिडितहरुलाई सहयोग गरेका थिए त्यसले पनि सेवक नेपाललाई निकै राम्रो नजरले हेरियो त्यसको कारण पनि पारदर्शिता र राहत सामग्री पुग्नै नसकेको ठाउँमा यी अभियन्ताहरु स्वयम गएर राहत बाडेका कारण।त्यसै गरि अन्य केही संस्थाहरुले आफ्नो ठाँउबाट सकेको सहयोग गरेकै हो।
एउटा सचेत नेपालीको हैसियतले कोरियामा उम्रेका प्रत्येक संघ( संस्थालाई झक्झक्याउनु नैतिक दायित्व भएकोले झक्झक्याउने प्रयत्न हो।सामाजिक सेवाको उद्देश्य लिएर जन्मेको संस्था हो भने बिशुद्ध सामाजिक सेवा गर्नु पर्यो।भित्र भित्र पैसा उठाएर भित्र भित्र खाइ सिध्याउने काम नहोस।
पछिल्लो समय छुसकमा विभिन्न संघसंस्थाका कार्यक्रमहरुले बोकेका उद्देश्य बेलैमा पूरा गरियोस र एन सि सिले कार्यक्रम बाँडफाँडमा मात्र होइन उक्त कार्यक्रम सम्पन्न पश्चात संस्थाले बोकेको उद्देश्य पुर्ती भयो भएन छानबिन पनि गरोस।यहि बेलाका ठुला(ठुला कार्यक्रममा नेपाली दूतावासका पदाधिकारीहरु पनि हुन्छन।उनिहरुले खदा लगाएर कार्यक्रम हेरेर गमक्क फुलिने काम मात्र नगरुन बरु किन र के का लागि यो कार्यक्रम गरिदैछ साथै कति दिन अथवा महिनामा उदेश्यले मुर्तरुप लिदैछ त्यो पनि जानकारीमा राखुन।
राम्रा काम गर्ने संस्थाहरुलाई दुतावासबाट हौसला प्रदान गरियोस।सामाजिक उद्देश्यको नाममा आफ्नै पेट बढाउने काम नगरियोस।अबका नेपालीहरु लाटोगाँडो छैन भन्ने जानकारी होस।
अब पनि पार्दर्शितामा चुक्यो भने नामै चलेका संस्थाहरु अर्को लेखमा मैले आउनै पर्ने हुन्छ संस्थाको नाम र किटानिको साथ चेतना भया।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस