काठमाडौँ- चालू आर्थिक वर्षको ११ महिनामा सरकारले ३६.४९% मात्रै पुँजीगत खर्च गरेको छ । अर्थविद्का अनुसार कुल ३ खर्ब ७८ अर्ब ९ करोड बजेटमध्ये १ खर्ब ३७ अर्ब ९६ करोड मात्रै खर्च भएको र असार मसान्तसम्म लक्ष्य अनुसार पुँजीगत खर्च नहुने स्पष्ट रहेको छ ।
अर्थविद् ज्ञानेन्द्र अधिकारीले सरकारको खर्च गर्ने क्षमताले निराशा जगाएको बताएका छन् । उनले भने, “विकास बजेट समयमा खर्च नहुनु हाम्रो विडम्बना हो । यस्तो तालले विकासमा फड्को मार्न सकिँदैन।”
उसो त विकास बजेट खर्च गर्न नसक्नु नेपालको पुरानै रोग हो । मुलुक संघीयतामा गइसकेपछि यसमा सुधार हुने अपेक्षा थियो । तर, हुन सकेको छैन । सरकारले वैशाखसम्म ३१.२८, चैतसम्म २७.४५, फागुनसम्म २०.७३, माघसम्म १६.५२, पुससम्म १३.४४ प्रतिशत खर्च गरेको थियो। यस्तै मंसिरसम्म ७.६७, कात्तिकसम्म ५.५७, असोजसम्म ३.९४, भदौसम्म ०.६९ र साउनमा ०.२३ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस