लमजुङ- लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १२२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन् । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२.५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला, दोर्दी–१ र माथिल्लो छ्याङदी ४ उत्पादन सुरु गर्ने तयारीमा छन् । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन निर्माण पूरा नहुँदा निर्माण सकेपनि आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिन पाएको छैन । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रो पावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ८५ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । उक्त आयोजना कूल ९ अर्ब लागतमा निर्माण हुनेछ ।
२७ मेगावटको दोर्दी खोला जलविद्युत आयोजना ०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भएपनि भूकम्प, नाकावन्दी र बाढिका कारण विद्युत उत्पादनमा ढिलाई भएको हो । आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आयोजना कुल ४ अर्ब लगानीमा निर्माण भएको हो । लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट आयोजना परिक्षणको चरणमा छ । यो आयोजना करिब ५ अर्ब लगानीमा निर्माण सम्पन्न हुनेछ । आयोजना ०७५ मंसीरमा सक्ने लक्ष्यका साथ काम शुरु भएपनि भुकम्प, बाढी र कोभीडका कारण विद्युत उत्पादनको मिति धकेलिएको आयोजनाले जनाएको छ ।
दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी १ (१२.५ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । झन्डै २ अर्ब ५० करोड लागतमा निर्माण गरीने सो आयोजना ०७७ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण निर्माण थकेलिएको हो । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । प्रवर्द्क छयाङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना पनि निर्माणको अन्तिम चरणमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस