काठमाडौं- बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् ।
लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थाल्यो । नेप्से सूचक २३ सयको लाइनमा झरिसकेको अवस्थामा मंगलबार ५६, बुधबार ९२ र बिहीबार १२ अंकले बढेर गत साता नेप्से सूचक २५२० अंकमा पुगेर बन्द भएको थियो ।
यो साताको पहिलो दिन आइतबार पनि ७१ अंकले बढेको नेप्से दुई दिनमा त्यति नै अंकले घट्यो । नेप्से सोमबार ६९ र मंगरबा २ अंकले घट्यो ।
बुधबार फेरि नेप्से पाँच दशमलव ५१ अंकले वृद्धि भई २५२४ दशमलव ४० अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २२८ कम्पनीको ५६ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार बैंकिङ, हाइड्रोपावर, होटल्स तथा टुरिजम, निर्जीबन बीमा, उत्पादन, लघुवित्तलगायतका समूहगत परिसूचक सकारात्मक देखिएका छन् ।
चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र व्याजदर वृद्धिले सेयर बजार प्रभावित हुन थालेको छ । सँगसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्याे ।
पछिल्लो समय बजारमा प्रभाव पर्ने गरी कुनै नीतिगत परिवर्तन या कम्पनीको वित्तीय विवरणमा असर नपरेपनि सेयर लगानीकर्ताहरू बजार मनोविज्ञानबाट प्रभावित भइरहेको छन् । सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नभएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेयर बजारप्रतिको टिप्पणीले समेत बजार प्रभावित हुन थालेको देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस