काठमाडौं-निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षको छनोट प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ ।
महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासघको विद्यमान विधान संशोधनको मस्यौदामा बरिष्ठ उपाध्यक्षको पद हटाएर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरिएको हो ।
हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान छ ।
महासंघको कार्यकारिणी समिति र साधारणसभाबाट परित भएमात्र विधान कार्यान्वयन हुनेछ । यद्यपि हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो ।
समितिले महासंघ अध्यक्षको कार्यकाल घटाएर दुई वर्ष बनाउनसमेत सुझाव दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस