काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । बैंकले ९३ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका उपसूचकमा म्यूचल फण्डबाहेक सबै समूहको सूचक राताम्मे देखिएका छन् । बिहीबार बजार घटे पनि एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेकाे छ ।
नेप्सेका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस