काठमाडौं-चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ५ प्रतिशतले न्यून हो ।
गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो ।
यसैगरी, चालू आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा झन् घटेको छ । कात्तिकमा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालू आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालू आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्यात्मक रूपमा वृद्धि भई ९६ हजार ३ सय ८२ जना पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो संख्या ९५ दशमलव ७ प्रतिशतले घटेको थियो । यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९ दशमलव १ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ जना पुगेको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस