काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए ।
‘यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ ।’ उनले भने,’यसका लागि राज्यले अग्रसरता लिनुपर्छ। ‘
वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहल गर्नुपर्ने बताए ।
‘अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ। ‘
विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस