तनहुँ- म्याग्दे गाउँपालिकाले सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाटै कर तिर्न मिल्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले सोमबारदेखि विद्युतीय कर भुक्तानी सेवा सञ्चालन गरेर घरबाटै कर तिर्न सकिने व्यवस्था गरेकाे हाे । यो व्यवस्थासँगै अब सर्वसाधारणले कर तिर्न गाउँपालिका केन्द्र छाङ्ग धाउनु नपर्ने भएकाे छ ।
इन्टरनेटकाे पहुँच भएका नागरिकले घरबाटै कर तिर्न सक्ने गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जीवन थापाले बताए । उनका अनुसार कर तिर्न मिल्ने गरी गाउँपालिकाकाे वेभसाइटमा उल्लेख गरेकाे छ । गाउँपालिकाको करदातामा दर्ता भएका सेवाग्राहीले नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट कर तिर्न सक्ने उनले जनाए । ‘वेभसाइटबाट भूमि कर र सम्पति कर घरमै बसेर तिर्न सकिन्छ,’ थापा भने । सेवाग्राहीले खल्ती, आइएमइ पे, प्रभु पे, कनेक्ट आइपीएसमार्फत कर रकम तिर्नुपर्ने थापाले जानकारी दिए । ‘कर तिरेपछि सेवाग्राहीको मोबाइलमा म्यासेज आउँछ । सेवाग्राहीलाई ईमेलमा कर तिरेको प्रमाण स्वरुप रसिद जाने सिस्टम बनाएका छौँ’, उनले भने ।
करको दर समेत वेभसाइटमै राखिएको उनले जनाए । २०७४ सालपछि गाउँपालिकामा कर बुझाएका सेवाग्राहीको विवरण भर्नुपर्ने छैन । २०७४ सालभन्दा अगाडि कर बुझाएका सेवाग्राहीको विवरण सिस्टममा अध्यावधिक गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकावासीको सहजताका लागि अनलाइनबाट कर तिर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस