काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार एक दशमलव ३८ अंकले घटेर दुई हजार छ सय ८८ दशमलब ९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
चार अर्ब नौ करोड ६२ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । यस बैंकले २७ करोडभन्दा बढीको कारोबार गरेको छ ।
नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११८२५ रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३९ दशमलव ४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस