काठमाडौं- युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड छ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बिमा शुल्क पनि ६२ दशमलव ९६ प्रतिशतले बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले लगानी तथा अन्य आयबाट एक करोड ४५ लाख रुपैयाँ र पुनर्बिमा कमिशनबापत पाँच करोड नौ लाख रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ, बिमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा कम्पनीले ४० हजार २६८ वटा बिमा लेख जारी गरि ४४ करोड एक लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक हजार ९३ वटा दाबी बापत १२ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने तीन हजार ९५ वटा दाबी बापत ५५ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस