काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलब ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक छ । बैंकको मंगलबार २९ करोडभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । मंगलबार सबै समूहको सूचकमा एकदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीहरूको सेयर मूल्य मंगलबाट सर्किट लेभलमा पुगेको छ ।
आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक नोक्सान व्यहोरेका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस