काठमाडौँ – तिहार सकिएलगत्तै बजारमा सुनचाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा साेमबार एकैै पटक एक हजार ५०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीबारयता तिहारकाे सार्वजनिक बिदापछि साेमबार पहिलाे पटक सुनचाँदीकाे मूल्य ताेकिएकाे हाे ।
साेमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । साेमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । गत बिहीबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस