काठमाडौँ – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । याे बैंकको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।
आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ । आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस