काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ आँैं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताएका छन् ।
सरकारको सामथ्र्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरेका छन् । उनले भने, “समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।”
उनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी दिएका छन् ।
सो कार्यका लागि अर्थ मन्त्रालयले रु ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । उनले कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको बताएका छन् । उनले नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग काभिड– १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताए । उनले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पारेका छन् ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताए । उनले कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेका बताए ।
अध्यक्ष मोरले चालू आवको बजेट तथा मौद्रिक नीतिमा समावेश गरिएका विषयको वस्तुनिष्ठ कार्यान्वयन गर्न माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस