काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पुर्याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।
विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६/७७ मा हालसम्मकै उच्च रु. ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।
त्यस्तै आव २०७५/७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६/७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्यरूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
३५औँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै मन्त्री पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् ।
त्यसैगरी ऊर्जा सचिव दिनेशकुमार घिमिरेले प्राधिकरणमा अबको दिनमा विद्युत् व्यापार महत्वपूर्ण र चुनौतीपूर्ण दुवै रहेको भन्दै अन्तर्देशीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि नियामक निकायको प्रक्रिया पूरा गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धि सुरुआत मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रण गरेको उल्लेख गरेका छन् । प्राधिकरणले आगामी वर्षहरूमा पनि खर्च कटौती गर्ने–आम्दानी बढाउने, चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने उल्लेख गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस