काठमाडौंँ – यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।
समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस (कोभिड–१९)ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, “हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।”
मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ ।
बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ । उहाँका अनुसार अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ । नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ ।
मौसम र समयले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । देशमा ६६ लाख मेट्रिक टन धान उत्पादन भए देश धानमा आत्मनिर्भर हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
गत वर्ष कुल क्षेत्रफलको ९४.४३ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको थियो ।
२०७६ मा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । २०७५ भन्दा २०७६ मा धान रोपाइँको क्षेत्रफल नै घटेको थियो । २०७५ मा १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल थियो, त्यो घटेर २०७६ मा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा पुग्यो ।
अर्थात् २०७५ देखि २०७६ सम्ममा एक लाख ८० हजार ७६३ हेक्टर खेतीयोग्य जमिन कम भएको थियो । त्यो कम हुनुका कारणमा खेतीयोग्य जमिनलाई खण्डीकरण गरी घडेरीमा परिणत गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । दुुई वर्षअघि २०७५ सालमा क्षेत्रफल बढी भए पनि त्यो वर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको थियो ।
२०७४ सालमा साउन १६ गतेसम्ममा कुल क्षेत्रफलको ७७.०३ प्रतिशत मात्र रोपाइँ भएको थियो । अर्थात् १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमध्ये ११ हजार ९५ लाख ८०४ हेक्टरमा धान रोपाइँ भएको थियो । “अहिले समयमा धान रोपाइँ सम्पन्न हुनुुका साथै क्षेत्रफलमा समेत वृद्धि भएको छ । त्यसले धान उत्पादनमा वृद्धि हुने छ,” प्रवक्ता केसीले बताए । २०६६ देखि चार वर्षसम्म धानको उत्पादनमा ४० लाख मेट्रिक टन तथा २०७० देखि निरन्तर ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७३/७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन, आ.व. २०७४/७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७५/७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन र आ.व. २०७६/७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्षको साउन २७ गतेसम्म सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भएको छ भने प्रदेश २ मा ९९.०२ प्रतिशत भएको छ । प्रदेश ५ मा ९८.६६ र कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको छ । बाग्मती प्रदेशमा ९७.८५ र गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी सबैभन्दा कम प्रदेश १ मा ९५.८८ प्रतिशत रोपाइँ भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस