काठमाडौँ- सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ ।
बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्याइएको र परराष्ट्र मन्त्रालयमार्फत दूतावासले पठाउने विवरणका आधार बोर्डले कोषको रकम दूतावासमा निकासा गरिने जानकारी दिएका छन् । विदेशमा रहेका नेपाली दूतावासले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकलाई यथार्थ विवरणसहित आवेदन लिन सुरु गरेकाले अर्को सातादेखि रकम माग आउने पनि उनले जानकारी दिएका छन् ।
वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत नेपाली श्रमिक स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकलाई आवेदन दिन दूतावासहरूले आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत उद्धार गर्ने निर्णयअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासले सूचना जारी गर्न थालेका छन् ।
ओमान र मलेसियामा प्रक्रिया सुरु
मलेसिया र ओमानमा रहेका नेपाली दूतावासले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकको तथ्याङ्क सङ्कलन सुरु गरेका छन् । ती दूतावासले रोजगारी गुमेर घर फर्कन टिकट काट्न नसकेका श्रमिकलाई आवेदन दिन अनुरोध गरेका छन् ।
दूतावासका अनुसार तोकेको निवेदन ढाँचाअनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल वा हटलाइन वा ह्वाट्स एपमार्फत निवेदन पेस गर्न सकिने पनि व्यवस्था गरेका छन् । निवेदकलाई निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपिसँगै पेस गर्नसमेत दूतावासले आग्रह गरेका छन् ।
साउदी अरबमा रोजगार व्यवसायी परिचालन
यसैबीच साउदी अरबस्थित नेपाली दूतावासले कोरोनाका कारण धेरै नेपाली श्रमिक समस्यामा परेकाले त्यसको समाधान गर्न इजाजतवाला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आग्रह गरेको छ । नेपालका केही म्यानपावर कम्पनीले समस्यामा परेका श्रमिकप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेकामा आपत्ति जनाउँदै आफ्नो दायित्व जिम्मेवारीसाथ वहन गर्न पनि दूतावासले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
दूतावासका विज्ञप्तिमा श्रमिक अपलत्र परेपछि केही इजाजत पत्रवाला म्यानपावरले सम्पर्क नै नगर्ने, सम्पर्क गरे पनि दूतावासले नै समस्या समाधान गर्छ, दूतावास जानु भनेर पठाउने गरेको भन्दै त्यसले समस्या समाधानमा कठिनाइ उत्पन्न भएको
उल्लेख छ । दूतावास तथा साउदी अरबमा रहेका गैरआवासीय नेपाली सङ्घले रोजगारी गुमाएका वा खाद्यान्नको अभावमा रहेका नेपाली श्रमिकलाई सहयोग गरिरहेको र सहयोगको क्रम जारी रहेको भए पनि श्रमिक पठाउने इजाजत पत्रवालाले जिम्मेवारी नलिइदिँदा सबैका समस्या समाधान गर्न कठिनाइ रहेको पनि दूतावासले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस