गोदावरी : विश्वव्यापी कोरोना भाइसरले सन्त्रास मच्चाउँदा नेपालसहित अधिकांश मुलुकले लकडाउन अपनाएका छन् । भारतमा सङ्क्रमण देखापरेपछि घर फर्किएका नेपालीहरू भोक टार्न रोगको पर्वाह नगरी लकडाउनकै बीच पुनः भारत पसिरहेका छन् ।
कैलालीको धनगढीस्थित त्रिनगर सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत गइरहेका छन् । पछिल्लो केही दिनयता भारतबाट आउने र जानेको सङ्ख्या उस्तै रहेको भन्दै उहाँले भन्नुभयो, ‘अहिले करिब दुई सयको हाराहारीमा नेपालीहरू भारतबाट आइरहेका छन् । यताबाट रोजगारीको लागि त्यति नै सङ्ख्यामा नेपालीहरू भारत गइरहेका छन् ।’
साउन महिनामा मात्रै १५९० जना सीमा पार गरेर भारततर्फ गएको तथ्याङ्क छ । उहाँहरूमध्ये केही भारतीय रहेपनि अधिकांश नेपाली भएको ठकुल्लाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारततर्फ गएका १५९० मध्ये एक हजार चार सय हाराहारीमा नेपाली छन् ।’ त्रिनगर नाकामा खटिएका प्रहरीका अनुसार कैलालीको गौरिफन्टा नाका हुँदै भारतको मुम्बई, पुना, दिल्ली, लखनउलगायत क्षेत्रमा जाने गरेका छन् । भारत जान रासन कार्ड अनिवार्य गरिएको छ ।
यसै सिलसिलामा सोमबार उमेरले झण्डै पाँच दशक पार गरिसकेका कञ्चनपुर पुनर्वास नगरपालिका–६ का कृपाराम निरौला नेपाल-भारत सीमा नाका गौरीफन्टामा देखिए । हातमा ठूलो झोला बोकेका उनको निधारमा रातो टीका थियो । कोरोना महामारीका कारण भारतबाट नेपालीहरू घर फर्किरहेका बेला उहाँ कता हिँड्नुभएको होला ? यही जान्न खोज्दा उनले भने, ‘मजदुरी गर्न भारत हिँडेको ।’ उनको जवाफ अनपेक्षित थियो । नेपालमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । तर भारतमा भने त्यो सङ्ख्या कयौँ गुणा बढी छ । सोमबार साँझसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख तीन हजार ६९५ पुगेको छ भने ३८ हजार बढीले ज्यान गुमाएका छन् ।
‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै मनाएर आएको हुँ’ विगत छ वर्षदेखि भारतमा मजदुरी गर्दैआउनुभएका कैलाली बर्दगोरियाका खेमराज चौधरीले भने ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’ तर निरौलालाई भने कोरोनाको त्रासभन्दा बेरोजगारीको पीडा ठूलो भएको छ । ‘यहाँ बसेर बालबच्चालाई के खुवाउने ? आफूले के खाने ? पहिले कमाएर ल्याएको पैसा पनि सकियो’ उहाँले आफ्नो बाध्यता सुनाए।
निरौला विगत २२ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका रहेछन् । कोरोना महामारी र लकडाउनसँगै उहाँ चैत पहिलो साता घर आएका थिए । ‘त्यो बेला आएपछि फेरि जान पाएको छैन । अब यस्तै अवस्था रहेपछि त भोकै परिन्छ होला,’ उहाँले भन्नुभयो, ‘यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु जाति भनेर हिँडेको हुँ ।’
निरौलाका नजिकै कैलाली घोडाघोडी नगरपालिका–३, निम्दीका राजकुमार चौधरी पनि थिए । उनको निधारमा पनि रातो टीका र हातमा झोला थियो । नेपाल-भारत सीमा नाका कट्ने तरखरमा रहेका उनी१५ वर्षदेखि भारतमै रहेको सुनाउँदै भने, ‘हामी जस्ता गरिब मान्छे भारत नगए घरमा चुलो बन्दैन ।’ नेपालमै केही गर्ने योजनाका साथ उहाँ माघ अन्तिम साता घर आउनुभएको रहेछन् । ‘तर यहाँ केही काम पाइनँ । मन मारेर मुग्लान जानुपर्ने अवस्था आयो’ चौधरीले भने ।
कैलालीको बर्दगोरिगा गाउँपालिकाका खेमराज चौधरीले पनि दुई सन्तान र श्रीमतीलाई घरमै छाडेर भारत हिँडेको बताए । ‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै सम्झाईबुझाई आएको हुँ’ विगत छ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका उनले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिने पक्का छ ।’
कृपाराम निरौला, राजकुमार चौधरी र खेमराज चौधरी प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरू जस्तै रोजगारीका लागि फेरि भारत पस्नेहरूको सङ्ख्या बढ्न थालेको भन्सार नाकामा रहेको सहायता कक्षको आँकडाले देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस