काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दाङ, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले स्रोत नखुलेको अस्वभाविक रुपियाँसहित प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गामा बा २ झ ४०९९ नम्बरको गाडीलाई रोकेर चेकजाँच गरेपछि उपाध्याय स्रोत नखुलेको रुपियाँसहित पक्राउ परेका छन् । आयोगले प्रमुख प्रशासकीय अधिकृत उपाध्याय शुक्रबार साँझ काठमाडौँ आउँदै गरेको गोप्य सूचनाको आधारमा टोली परिचालन गरेको थियो ।
आयोगको टोलीले उपाध्यायबाट एक लाख २४ हजार ७५० रुपियाँ नगद र फिक्स बैङ्क डिपोजिट गरेको १४ लाख ४८ हजार ७९६ रुपियाँको रसिद फेला पारेको हो । शुक्रबार साँझ नै अख्तियारको नियन्त्रणमा लिइएका उपाध्यायबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस