काठमाडौँ : सुखको गहना र दुःखको खजनाका रूपमा मानिँदै आएको पहेँलो धातु सुनबाट अब ती दुवै आवश्यकता पूरा गर्न नसकिने भएको छ ।
कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्न थालेपछि न त गहना बनाउन सकिने अवस्था देखिएको छ न त आफूसँग भएको सुन बेचेर गर्जो टारौँभन्दा सहजै बिक्री हुने अवस्था छ ।
नेपाली बजारमा सुन आमसर्वसाधरणको पहुँचभन्दा निकै टाढा हुन थालेको छ । बिहीबारको बजार भाउअनुसार सुन तोलाको ९९ हजार रुपियाँ पुगेको छ । यो मूल्य ठीक एक वर्षअघि भन्दा करिब ४३ हजार रुपियाँ बढी हो । नेपाली समयअनुसार बिहीबार बिहान १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १९६६ अमेरिकी डलर कायम भएको छ । सोहीअनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार र तेजाबी सुन ९८ हजार ५६० रुपियाँ पुगेको छ । त्यस्तै चाँदी प्रतितोला एक हजार २२५ रुपियाँ पुगेको छ ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदो सुरक्षित लगानीका रूपमा सुन रहँदा यसको बजार मूल्य निरन्तर उकालो लाग्दै आएको छ । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो हुँदै जाँदा विदेशी लगानीकर्ताको लागि सुन महँगिने गर्छ ।
मूल्य बढेपछि नेपाली बजारमा सुन आयात घटेको छ । आव २०७६-७७ को जेठसम्म कुल १३ अर्ब ६३ करोड ८७ लाख रुपियाँको आयात भएको छ । मूल्यका आधारमा यो अघिल्लो आवको भन्दा करिब ५६.९ प्रतिशतले कम हो ।
आव २०७५-७६ को सोही अवधिमा करिब ३१ अर्ब ६४ करोड ७८ लाख रुपियाँभन्दा बढी रुपियाँको सुन आयात भएको व्यापार तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोनाको सङ्क्रमण देखिनुअघि नै करिब ३३० किलो सुन मौज्दात रहेकाले थप सुन आयात नभएको नेपाल बैङ्कर सङ्घले जनाएको छ ।
दैनिक १० किलो सुन बिक्री हुने गरेको बजारमा अहिले ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउछन् । उनी भन्छन्, “अहिले ज्यादै न्यून मात्र कारोबार भएको छ । किन्नेभन्दा बिक्री गर्ने केही देखिए पनि व्यवसायीले अनुमान गरेजस्तो बिक्रेता आएका छैनन् ।
शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भएको घटबढका कारण अब मूल्य ओरालो लाग्ने बिन्दुमा पुगेको छ । लगानीकर्ताले नाफा बुक गर्नका लागि पनि बजार पुल ब्याक हुने अनुमान गर्न थालिएको छ । यदि बजार पुल ब्याक भएर प्रतिऔँस एक हजार सात सय डलर भएमा नेपाली बजारमा प्रतितोला करिब ९० हजार रुपियाँसम्म आउनसक्ने अनुमान गरिएको छ । त्यस्तै बजार पुल ब्याक हुन थालेमा सुन बिक्री गर्नेको चाप बढ्ने अनुमान व्यवसायीले गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस