काठमाडौँ : कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु दुई हजार ४०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस